मन्दिरका भगवान नै असुरक्षित

मन्दिरका भगवान नै असुरक्षित

मनिका झा
जनकपुरधामः धनुषा जिल्लामा मन्दिर भित्रका भगवानका मूर्ति असुरक्षित हुँदै गएका छन् । मूर्ती हराउँदै जाँदासमेत स्थानीय प्रशासनले कुनै कदम नचालेको स्थानीयले आरोप लगाएका छन् ।

जिल्लाको धनुषाधाम नगरपालिका स्थित सुब्बा कुटीमा १५ दिन युवाको एक समूहले वृद्ध पुजारीको घांटीमा दबिया (हतियार) राखेर डाँका शैलीमा मन्दिरका मूर्ति चोरेर लगेपनि प्रहरीले अनुसन्धान अघि नबढाएको स्थानीयको आरोप छ ।

६५ बर्षीय पुजारी पुरुषोत्तम दास वैष्णवले मन्दिरमा आफू एक्लै सुत्ने गरेको र सुरक्षाको कुनै बन्दोबस्त नहुँदा चोरी भएको बताए ।

पूजारी वैष्णवले भने, ‘करिब आठ दश जनाको समुहमा आएका चोरले मलाई धम्की दिदै हतियार देखाएर मूर्ति चोरी गरे । म असहाय बनेर बस्न बाध्य भएँ।'
 
चोरले अष्टधातुबाट निर्मित भगवान नरसिंह, रामजानकी, लक्ष्मण, राधाकृष्ण, हनुमान सहितका मूर्ति र पूजा सामग्रीसहित दान पेटिकामा चढाइएका रकमहरु समेत लुटेर लगेको वैष्णवले जानकारी गराए ।

घटना भएको विहानीपखनै आफूले गाउंले र प्रहरीलाई जानकारी गराउंदा पनि उनीहरुले सोधपुछ गर्नु बाहेक हालसम्म मूर्ति चोर्नेको पत्ता लगाउन नसकेको वैष्णवले गुनासो गरे ।

उनले भने, ‘मन्दिरमा भगवाननै असुरक्षित छन् । अब सर्वसाधारणको सुरक्षा कसले गर्ने ।' मन्दिरबाट मूर्ति चोरी भएपछि मन्दिर रित्तो भएका छन् ।

गुठी संस्थान अन्तर्गत रहेका मन्दिरमा यस प्रकार चोरीका घटना भएको जानकारी प्राप्त भएपछि आफुहरुले स्थानीय प्रशासनलाई चोर पक्राउ गर्न पत्रचार गरेको गुठी संस्थान जनकपुर शाखाका प्रमुख नवराज पौड्यालले जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.