विप्लवका कार्यकर्ताबाट बोधिचित्तको माला लुटपाट
![विप्लवका कार्यकर्ताबाट बोधिचित्तको माला लुटपाट](https://annapurnapost.prixacdn.net/media/albums/57682f8343e9e1.33570261_jo6cpJuk30.jpg)
बनेपा: काभ्रेपलाञ्चोकमा सोमबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बोधिचित्त माला लुटेर भागेको अवस्थामा प्रहरीले पिछा गरेर उनीहरुलाई गोकुले गाविसबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक विदुर थापाले जानकारी दिए।
पक्राउपर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय कृष्णबहादुर श्रेष्ठ र ३३ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् ।
प्रहरीले जिल्लामा बोधिचित्त मालाको सुरक्षाका लागि विभिन्न स्थानमा नियमित गस्ती गर्दै आइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)