अफगान आक्रमण: अधुरै रह्यो योजना

 अफगान आक्रमण: अधुरै रह्यो योजना

विदुर: नुवाकोट कल्याणपुर गाविस १ का मधुसूदन कोइराला काठमाडौं नेपालटारमा घर बनाउने योजनासहित पैसा जुटाउन अफगानिस्तान पुगेका थिए। पैसा कमाएर नेपालटारमा घर बनाई परिवारसँगै बस्ने उनको चाहना थियो। तर काबुलमा सोमबार आत्मघाती बम आक्रमणसँगै उनको त्यो योजना चकनाचुर भएको छ।

बम आक्रमणमा ४४ वर्षीय मधुसूदनसँगै उनका साथी कल्याणपुरकै ४२ वर्षीय डम्बरबहादुर तामाङ र ठेगाना नखुलेका लीलबहादुर गुरुङ मारिएका छन् । यस्तै ठेगाना नखुलेका च्याङ्बा तामाङ घाइते भएका छन्।

पूर्वसैनिक मधुसूदनले चार वर्षदेखि काबुलस्थित साव्री सुरक्षाकर्मी कम्पनीमा आबद्ध भएर काम गर्दै आएको उनका छिमेकी रामचन्द्र ओझाले बताए। मधुसूदन गत चैतमा छुट्टीमा आएर काबुल फर्किएका थिए।

घटना थाहा पाएपछि उनका ७० वर्षीय बुबा दुर्गानाथ कोइराला र ६५ वर्षीया आमा शोकमा डुबेका छन्। पत्नी नानीमैयाको होस खुल्नसकेको छैन। ६ छोरी र एक छोरा रहेका मधुसूदनका गत वर्ष वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी छोरा र कान्छी छोरीको मृत्यु भएको थियो।

भूकम्पले एकमात्र छोरा र एउटी छोरीलाई चुँडेर लगेपछि मन भुलाउन उनी पत्नी र छोरीहरूलाई राख्न काठमाडौंमा घर बनाउन लागेका थिए।कल्याणपुर २ का पूर्वसैनिक ४२ वर्षीय डम्बरबहादुर पनि काबुलमा सुरक्षागार्ड थिए। उनी पनि मधुसूदनसँगै गत चैतमा छुट्टीमा आएर फर्किएका थिए।

स्थानीय राम खड्काका अनुसार चैतमा उनीहरूसँगै अफगानिस्तानमा रहेका ४० युवा एकैपटक गाउँमा आएका थिए । घटनापछि कल्याणपुर गाविस शोकमा डुबेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.