सेनाका पूर्वहवलदार पेस्तोलसहित समातिए
काठमाडौंः नेपाली सेनाका एक पूर्वहवलदारलाई प्रहरीको टोलीले एउटा पेस्तोल र त्यसमा लाग्ने पाँचवटा गोलीसहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले गोरखा घर भएका नेपाली सेनाका ३० वर्षीय पूर्वहवलदार रामबहादुर ढकाललाई बालजुबाट ७.६५ पेस्तोल र त्यसमा लाग्ने पाँचवटा गोलीसहित पक्राउ गरेको हो ।
वृत्तका प्रमुख ढकाललाई लुटपाटका लागि जाँदै गरेको अवस्थामा बालाजुको नयाँपुलबाट पक्राउ गरिएको वृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
पक्राउ परेका ढकाललाई वृत्तको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको डिएसपी राठौरले बताए ।