नुवाकोट केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का
काठमाडौं: मंगलबार मध्यान्ह साढे ११ बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूटको परकम्प गएको हो।
यसअघि जेठ ३२ गते गोरखालाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको परकम्प गएको थियो।