आगलागीबाट नौ घरका २१ पसल जले

आगलागीबाट नौ घरका २१ पसल जले

विर्तामोडः झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा गएराति लागेको आगलागीमा परी नौवटा घरमा रहेका २१ वटा पसल जलेर नस्ट भएका छन् ।

बेलडाँगी–२ भुटानी शरणार्थी शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय कपडा व्यवसायी मदन रिजालको घरबाट सुरु भएको आगो छेउछाउका घर तथा पसल सम्म फैलिएको थियो । विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट करीब एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीको छ ।

दमक, बिर्तामोड तथा भद्रपुर नगरपालिकाका दमकल, प्रहरी, शरणार्थी र स्थानीयबासीको प्रयासबाट राति ११ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.