काबुलमा मारिएकालाई लिन सरकारले जहाज पठाउने

काबुलमा मारिएकालाई लिन सरकारले जहाज पठाउने

काठमाडौंः अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिवानको आक्रमणमा मारिएका १२ जना नेपालीको शव लिन सरकारले जहाज पठाउने निर्णय गरेको छ ।

काबुलस्थित बेलायती सुरक्षा कम्पनीको कार्यालयबाट क्यानाडेली दूतावासतर्फ मिनीबसमा जाँदै गरेका नेपालीमाथि सोमबार बिहान तालिवानले आत्मघाती आक्रमण गरेका थिए ।

नेपाल वायुसेवा निगमको जहाज मंगलबारै त्यसतर्फ गइ बुधबारसम्म शव र घाइते नेपाल ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शव र घाइते ल्याउन मंगलबार परराष्ट्रमा तीनै सुरक्षा निकाय, निगम, स्वास्थ्य मन्त्रालय र वैदेशिक रोजगार विभाग लगायतका उच्च पदाधिकारीको बैठक बसेको थियो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जहाज छिट्टै पठाई अफगानिस्तानबाट शव र घाइते ल्याउने तयारी भइरहेको जानकारी दिए ।

अफगानिस्तानको काबुलमा मङ्गलबार बिहान भएको घटनामा परी १२ नेपालीको ज्यान गएको थियो । सो घटनाप्रति नेपाल सरकारले घोर भत्र्सना र निन्दा गरिसकेको छ ।

क्यानडाली दूतावासमा कार्यरत उनीहरु त्यसतर्फ मिनीबसमा जाँदै गर्दा मङ्गलबार बिहान ५:४० बजे आक्रमणकारीको आत्मघाती बम हमलामा परेका थिए ।

घटनामा परेर दिवङ्गत नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कावा राजदूत त्यसतर्फ पुगिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त आत्मघाती आक्रमण परेर १२ जना नेपालीको मृत्यु भएको थियो भने सातजना घाइते भएका थिए ।

अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीहरुको शव र घाईतेहरु लिन सरकारले नेपालबाट जहाज पठाउने निर्णय गरेको छ।त्यसको आबश्यक तयारि हुंदैछ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.