घाँटी रेटेर श्रीमतीको हत्या

घाँटी रेटेर श्रीमतीको हत्या

सुर्खेत: पूर्वी सुर्खेतको जहरेमा एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ। जिल्लाको भेरीगंगा नगरपालिका वडा नं-३ मा रहेको माइतीमा सुतिरहेकी २८ वर्षिया धनसरा कुमालको हत्या भएको हो।

आफ्नै श्रीमान् वीरबहादुर कुमालले सोमबार राती धनसराको घाँटी रेटेर हत्या गरेका हुन्।रोजगारीका लागि भारत गएका वीरबहादुर एक साता पहिला मात्र लोदेमा रहेको घरमा आएका थिए।

माइतीमा बस्दै आएकी धनसरा एक सातासम्म पनि घरमा फिर्ता नभएको र सम्पर्कमा पनि नआएपछि वीरबहादुर खोजीका लागि सोमवार राती माइतीमा पुगेका थिए। सोही क्रममा माइतीमा रहेका आफन्तहरुसँग सुतिरहेकी धनसरालाई बन्चरोले घाँटी रेटेर उनले हत्या गरेका हुन्।

दुई छोरी र एक छोराकी आमा धनसरा वैदेशीक रोजगारीमा जाने तयारीमा थिइन्। माइतीका अनुसार उनले पासपोर्ट समेत बनाएकी थिइन्। यही विषयमा दुबै जनाबीच बिवाद थियो।

 

आफू भारतबाट घरमा आउँदा पनि घरमा नआएको र माइतीमा पुग्दा समेत अर्कैसँग सम्वन्ध भएको शंकामा आफूले श्रीमतीको हत्या गरेको बयान वीरबहादुरले प्रहरीलाई दिएका छन्। धनसरालाई हत्या गरेर फरार रहेका उनलाई प्रहरीले मंगलवार विहान मेहेलकुनाबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनले हत्यामा प्रयोग गरेको बन्चरो घटनास्थल नजिकै रहेको तलाउमा फेला परेको छ। श्रीमतीको मृत्यु भएको थाहा पाएपछि वीरबहादुर आफै आत्मसमर्पण गर्न भन्दै प्रहरी चौकीतर्फ जाँदै गर्दा प्रहरीले समातेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले धनसराको सोमवार राती २ बजे हत्या भएको जनाएको छ। माइतीमा सुतिरहेकी उनको हत्या आफ्नै श्रीमान्ले गरेको प्रहरीको भनाइ छ। हत्यारमा संलग्न रहेको आशंकामा धनसराका श्रीमान् वीरबहादुरलाई पक्राउ गरिएको र उनले हत्या गरेको स्वीकार गरेको प्रहरी चौकी मेहलकुनाले जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार पारिवारिक विवादका कारण धनसराको हत्या भएको हुनसक्ने बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.