संसदीय सुनुवाइ समिति सभापतिको चुनाव आज

संसदीय सुनुवाइ समिति सभापतिको चुनाव आज

काठमाडौं: व्यवस्थापिका संसद् सुनुवाइ विशेष समितिको सभापति पदको निर्वाचन बुधबार हुँदैछ।

संसद् सचिवालयले सोमबार जारी गरेको सूचनामा सभामुख ओनसरी घर्तीले समितिको सभापति पदको निर्वाचनका लागि असार ८ गते बुधबार ३ बजेको समय तोकेको उल्लेख छ।

समितिका एक जना सदस्यको प्रस्ताव र अर्को सदस्यको समर्थन लिएर सभापति पदमा उम्मेदवार हुन चाहने व्यक्तिले मंगलबार अपराह्न ५ बजेसम्म संसद्का महासचिवसमक्ष निस्सासहितको प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ। समितिको सभापति पदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभासद् कुलबहादुर गुरुङ हुने आन्तरिक सहमति भएको जानकारी स्रोतले दिएको छ।

यसैबीच संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि निर्माण गर्न तीन सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलमा माओवादी केन्द्रका सांसद अनिताकुमारी परियार, एमालेका गणेशमान गुरुङ र कांग्रेसका बालकृष्ण खाँण रहेका छन्।

 

सिंहदबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा सोमबार बिहान बसेको समितिको पहिलो बैठकले सो कार्यदल गठन गर्ने र सभापतिको निर्वाचनको मिति तोक्न सभामुखलाई अनुरोध गर्नेसमेत निर्णय गरेको थियो।

आइतबार व्यवस्थापिका-संसद्बाट पारित संसद नियमावलीको नियम १८० को प्रावधानबमोजिम सभामुखबाट समितिको सभापति निर्वाचनका लागि मिति तोक्ने प्रावधान रहेको छ। करिब नौ महिनाको प्रयासपछि पारित सो गठित सो समितिमा १५ जना सदस्य छन्।

समितिका सदस्यहरूमा अनिताकुमारी परियार, अष्टलक्ष्मी शाक्य, आनन्दप्रसाद ढुंगाना, कुलबहादुर गुरुङ, गणेशमान गुरुङ, चीनकाजी श्रेष्ठ, चित्रलेखा यादव, धर्मनाथप्रसाद साह, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, भानुभक्त ढकाल, योगेन्द्र चौधरी, हितराज पाण्डे, सयेन्द्र वान्तवा छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.