क्यानडाद्वारा काबुल आतंकवादी हमलाको निन्दा

क्यानडाद्वारा काबुल आतंकवादी हमलाको निन्दा

काठमाडौँः क्यानडाले अफगानिस्तानको काबुलमा मंगलबार भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।

बुधबार क्यानडाका विदेशमन्त्री स्टीफन डायोनले विज्ञिप्ति जारी गर्दै आतंकवादी हमलाको निन्दा गरेका हुन् ।

विज्ञप्तिमा आतंकवादी हमलामा बसमा सवार अफगानिस्तानस्थित क्यानेडेली दूतावासमा कार्यरत सुरक्षागार्डको मृत्यु भएकोप्रति कडा शब्दमा निन्दा गरिएको छ ।

विज्ञप्तिमा मृतक नेपाली र भारतीय सुरक्षा गार्डप्रति समवेदना व्यक्त गर्दै घाइते सबैको स्वास्थ्य लाभको कामना गरेको छ ।

क्यानडाले सधैँ आतंकवादको विरोध गर्ने उल्लेख गर्दै विज्ञप्तिमा आतंकवाद विरुद्ध अफगानिस्तानलाई साथ दिने समेत बताएको छ ।

विज्ञप्तिमा अफगानिस्तान स्थित दूतावासमा रहेर काम गर्ने कामदार एउटै परिवार भएर काम गरेको उल्लेख छ ।

सोमबार बिहान काबुलमा आतंकवादी संगठन तालिवानले आत्मघाती बम आक्रमण गर्दा १२ नेपालीसहित १४को मृत्यु भएको थियो । सबै नेपाली काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।
 
मुसलमानको पवित्र पर्व रमादान सुरु भएलगत्तै अफगानिस्तानमा भएको यो नै सबैभन्दा ठूलो आतंकवादी बम हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तालिवानले बम हमला आफूले गरेको भन्दै घटनाको जिम्मेवारी लिएको छ।

नेपाल सरकारले साधारण नेपाली कामदारलाई अफगानिस्तानमा रोजागरीका लागि जान प्रतिबन्ध लगाएको बर्सौं भए पनि गैरकानुनी रूपमा दलालका माध्यमबाट भारतको नयाँदिल्ली हुँदै अफगानिस्तानमा काम गर्न जाने नेपालीको संख्यामा भने हालैका वर्षमा कमी नआएको सरकारी अधिकारी बताउँछन्। अफगानिस्तानमा कति नेपाली गैरकानुनी रूपमा काम गर्छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारसँग छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.