गर्जुवाको बाढीले कोशी राजमार्ग अवरुद्ध

गर्जुवाको बाढीले कोशी राजमार्ग अवरुद्ध

धनकुटाः गर्जुवा खोलामा आएको बाढीले कोशी राजमार्ग अवरुद्ध पारेको छ ।

मंगलवार विहान २ वजे भारी वर्षासँगै गिट्टी, बालुवा र ढुंगासहित आएको बाढीले महाभारत–२ स्थित गर्जुवा खोलाको पक्की पुल पुरेपछि १० घण्टा सडक अवरुद्ध भएको हो । 

केही समय राजमार्ग सञ्चालन भएपनि पहाडी क्षेत्रमा आइरहेको भीषण वर्षाले पुनः सडक अवरुद्ध पारेको डिभिजन सडक कार्यालयका सुपरभाइजर अमृता राईले बताइन् ।

राजमार्ग अवरुद्ध भएपछि धरानवाट कोशी पहाडी भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्ला गुड्ने संयौ सवारी साधन गर्जुवा खोलामै अलपत्र परेका थिए । भने कोशी पहाडी जिल्लावाट तराई झर्ने गाडी पनि अलपत्र अवस्था रहेका थिए ।

एक्साभेटर, सडक हेरालु, स्थानीयबासी, जनपथ प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियतामा सडकमा रहेको माटोलाई पन्छाएर अहिले एकतर्फी बाटो खुला गरिएको छ ।

बाढीले गर्जुवा पुल आसपासका आधा दर्जन घरहरु जोखिममा परेका छन् । जोखिममा रहेका घरबाहिरी भाग बाढीसँगै आएको माटोले पुरेको छ ।

हरेक वर्ष वर्खाको समयमा गर्जुवा खोलामा आउने बाढीले सडक अवरुद्ध पार्ने गरेको स्थानीयबासीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.