नबिल बैंकद्वारा दृष्टिविहीनलाई सहयोग
काठमाडौं: नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीनलाई सहयोग प्रदान गरेको छ।
बैंकले शुक्रबार दृष्टिविहीन सहयोग केन्द्र नेपाल र ललितपुर नेत्रहीन संघद्वारा आयोजित कार्यक्रममा ३२ जना दृष्टिविहीन विद्यार्थीलाई सेतो छडी वितरण गर्ने कार्यक्रमको प्रायोजन गरेको हो।
दृष्टिविहीन विद्यार्थीलाई दैनिक हिँडडुल गर्न सहज होस् भन्ने हेतुले सेतो छडी प्रदान गरिएको बैंकले जनाएको छ।
सो अवसरमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक रमेशप्रसाद लोहनीले दृष्टिविहीन विद्यार्थीलाई सेतो छडी वितरण गरेका हुन्।