मामाघर आएका बालकको पोखरीमा डुबेर मृत्यु
जनकपुरधामः जनकपुरस्थित मामाघर घुम्न आएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
भारतको बिहार राज्यस्थित जयनगरका मनोज सिंहका ८ वर्षीय छोरा मिठु भनिने अभिषेक सिंहको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुर उपमहानगरपालिका–९ मा मामाको घरमा दुईदिन अघि घुम्न आएका मिठु सोमबार बेलुकादेखि हराएका थिए ।
परिवारका सदस्यहरुले रातभरी उनको खोजतलाश गरेपनि उनी भेटिएनन् ।
मंगलबार विहान घर नकिकैको पोखरीमा उनको शव फेला परेको वडा प्रहरी कार्यालय मुजेलियाका प्रहरी नायब निरीक्षक गगन साहले जानकारी दिए ।
बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।