डेढ वर्षमा परिवार भेट्ने सपना दुई घन्टामै टुट्यो
भवानी अधिकारी
स्याङ्जाः ‘बृद्ध आमा, छोरा—छोरी र आफनो ख्याल गर्नु । म डेढ बर्षपछि मात्र घर आउँछु,' मंगलबार बिहान सुकबहादुर गुरुङले श्रीमतीलाई यत्ति भनेको दुई घन्टापछि उनी आफैँ अस्ताए । सुकबहादुरले आतंकवादी हमलामा पर्नुभन्दा ठिक दुई घन्टाअघि मात्र पत्नीसँग भाइवरमा कुरा गरेका थिए ।
घटना घट्नु भन्दा २ घण्टाअघि आफनी पत्नीसंग भाईवरमा कुरा गरेका ४३ बर्षीय सुकबहादुर गुरुङ अब कहिल्यै नफर्कनेगरी गएका छन् ।
६/६ महिनामा घर आउने बिदा पाइने भए सिन ४३ वर्षीया गुरुङले डेढ वर्षमा एकैपटक घर आउने बताएको अन्तिम वार्तालापसँगै उनकी श्रीमती भक्कानिएकी छन् ।
श्रीमान् सुकबहादुर सँगको त्यो अन्तिम वार्तालाप सम्झदै ३८ बर्षीया पत्नी बेलकुमारी गुरुङका आँसु थामिएकै छैनन्। बेलकुमारीसँगै सुकबहादुरकी ७५ वर्षीया वृद्ध आमा, अनि ६ वर्षे छोरा र १८ वर्षीया छोरी अर्धचेत छन् ।
काबुल घटनाको खवर यत्रतत्र सुनिन थालेपछि घरमा भेट्न आउने आफन्तको लर्को लाग्न थालेको छ । आतंकवादी संगठन तालिवानद्वारा अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परी ज्यान गुमाएका १२ नेपाली मध्ये स्याङ्जाका सुकबहादुर गुरुङ पनि एक हुन् ।
काबुलस्थित क्यानेडिएन दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत १२ जना नेपाली आतंकवादीको बम आक्रमणमा मारिएका थिए ।
तालिवानले सोमबार बिहान १२ नेपाली सहित १४ जनाको हत्या गरेको थियो भने ७ जना गम्भीर घाइते छन् ।
गुरुङले आइतबार साँझ गाउँले साथी दीलकुमार भुजेलसँगको अनलाइन वार्तामा आफनो इलाका खतरा रहेको जनाउ दिएका थिऐ । कुराकानीका क्रममा कोल्माका दुई साथी अफगानिस्तानबाट बिदामा घर आएको जनाऊ दिदा गुरुङ्ले आफनो ‘इलाका खतरा रहेको र कुन बेला के हुने हो भरै नहुने ' बताएको स्मरण गर्छन् भुजेल पनि ।
प्रायजसो: अनलाइनमा देखिने गुरुङ सोमबार साँझसम्म अनलाइनमा नदेखिएपछि र संचारमाध्यममा पनि उनको नाम प्रशारण हुन थालेपछि आफु झसंग भएको भुजेलको भनाइ छ । भुजेल भन्छन्, ‘अति मिलनसार र केही गर्नुपर्छ भन्ने भावना बोकेको व्यक्ति थियो ऊ, कत्ति पनि विश्वास लागेको छैन । ऊ अब संसारमा छैन भनेर ।
स्याङजाको कोल्मा गाविस ५ कल्स्याङ्दी घर भएका नेपाली सेनाका जागिरे गुरुङ माओवादी जनयुद्धका कारण जागिर छाड्नु परेपछि अफगानिस्तानतर्फ लागेका थिए । गुरुङ त्रिभुवन आर्मी क्लबको फुटबल खेलाडी समेत हुन् ।
हाल गुरुङका परिवार काठमाडौं स्थित लैनचौनमा बस्दै आएका छन् । करिब ५ महिनाअघि मात्र गुरुङ पुनः अफगानिस्तान गएका हुन । बाह्र बर्षदेखि अफगानिस्तानमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको गुरुङका साला दुर्गा खरेलले जानकारी दिए ।
मृतक सुकबहादुरका आफन्तलाई बुधबार (भोली) गुरुङको शव नेपाल आइपुग्ने खवर भैसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवराज शर्माले जानकारी दिए ।