उत्तर कोरियाले समुद्रमा क्षेप्यास्त्र फाल्यो

 उत्तर कोरियाले समुद्रमा क्षेप्यास्त्र फाल्यो

सोलः दक्षिण कोरियाको सरकारी समाचार समिति योनहापले उत्तर कोरियाले उसको समुद्रको पूर्वी तटीय क्षेत्रमा क्षेप्यास्त्र फालेको बताएको छ ।

मङ्गलबार बिहान मात्र मुसुदान नामक ब्यालेष्टिक क्षेप्यास्त्र उत्तर कोरियाले फालेको समाचारमा जनाइएको छ ।

अज्ञात रुपमा नै उत्तर कोरियाले सो मध्यमदुरीको क्षेप्यास्त्र उक्त क्षेत्रमा फालेको पाइएको र दक्षिण कोरियाली रक्षामन्त्रालयका रक्षा विज्ञहरुले पत्ता लगाएका दक्षिण कोरियाली समाचार समितिले जनाएको छ ।

मङ्गलबार बिहान साढे पाँच बजे उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट सो क्षेप्यास्त्र फालिएको जनाइएको छ ।

केही समयअघि पनि उसले यही क्षेत्रमा अर्को क्षेप्यास्त्र परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो ।

क्षेप्यास्त्र हान्ने विषयमा भने कुनै संकेत प्राप्त नभएको दग्क्षिण कोरियाली रक्षामन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले भनेको छ, ‘यस्तो परीक्षणका बारेमा हामीले कुनै सूचना पाएका छैनौँ तर परीक्षणको नै उसको तयारी भएकोमा भने आफूहरुले जसरी पनि पत्ता लगाउछौँ ।’

तयारीको सूचना पनि सोलले प्राप्त गरेको जनाएको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो ।

अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको बताएको छ ।

दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले हालैमात्र अस्वीकार गरेको थियो ।

उत्तर कोरियाली नेताले आफ्नो पार्टीको बैठकको अवसरमा दुई महिनाअघि गरेको सम्बोधनका क्रममा उनले दक्षिण कोरियासँग वार्ता गरी सबै समस्याको टुंगो लगाउने बताए ।

उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणको बदलाको भावनाको कारण सजिलै उत्तर कोरियामा परिवर्तन आउने अपेक्षा गर्न सकिँदैन भने यसले कोरियाली प्रायद्वीपमा शान्तिका लागि पनि कुनै योगदान गर्न सक्ने देखिँदैन ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भईसकेको बताउने गरिएको छ ।

तर, मङ्गलबार बिहान गरेको भनिएको सो क्षेप्यास्त्रको प्रयोगका बारेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.