हत्यामा राजनीति गर्दै केजरीवाल

हत्यामा राजनीति गर्दै केजरीवाल

नयाँ दिल्ली: नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पूर्वी दिल्लीबाट भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट निर्वाचित सांसद महेश गिरीलाई एनडिएमसी अधिकारी एम एम खानको हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ गर्न माग गरेका छन् ।

एनएमडिसीका व्यपस्थापन अधिकृत खाँलाई एक होटलको जग्गा भाडा सम्बन्धी निर्णय लिइने भनिएको एक दिन पहिले जामियाँनगरमा मे १६ मा गोली हानी हत्या गरिएको थियो ।

मुख्यमन्त्री केजरीवालले भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले गिरीका हत्या आरोप लगाइएका गिरीलाई संरक्षण दिएको आरोप लगाएका छन् ।

गिरीले भने आइतबारदेखि मुख्यमन्त्री केजरीवालले लगाएको आरोप पुष्टि गर्न माग गर्दै केजरीवालको निवास बाहिर अनशन सुरु गरेका छन् । सोमबार पनि गिरीले अनशनलाई निरन्तरता दिएका छन् ।

 भाजपा सांसद गिरीले केजरीवाललाई आफूमाथि लगाइएको आरोप मुख्यमन्त्रीको पदमा रहेरै पुष्टि गर्न चुनौती दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले सोमबार ट्विट गर्दै भाजपा सांसद गिरीलाई पक्राउ गर्नुपर्ने उल्लेख गरेका छन् । ‘उहाँ (गिरी) लाई पक्राउ गरिनुपर्छ र मोदीको प्रहरीले एमएम खानको मुद्दामा छानबिन गर्नुपर्छ तर मोदीको प्रहरीले गिरीलाई संरक्षण दिइरहेको छ’, केजरीवालले ट्विट गरेका छन् ।

केजरीवालले लेफ्टिनेन्ट गभर्नर नजिब जंग र नयाँ दिल्लीका महानगर परिषद् (एनडिएमसी)का उपाध्यक्ष करण सिं तनवरलाई लेखेको पत्रमा प्रहरीले प्रधानमन्त्रीको निर्देशनमा खानका हत्यारालाई जोगाउन खोजेको आरोप लगाउन खोजेका छन् ।

गिरीले भने मुख्यमन्त्रीलाई हत्या आरोप सम्बन्धमा सार्वजनिक बहसमा आउन चुनौती दिँदै आएका छन् । केजरीवालले गिरीको चुनौतीलाई बेवास्ता गर्दै आएका छन् । जुन १६ मा मुख्यमन्त्री केजरीवाललाई पत्र लेख्दै आइतबार ४ बजे संवैधानिक क्लबमा उपस्थित भई खाँको हत्या आरोपबारे तथ्य पेस गर्न उनले आग्रह गरेका थिए ।

भाजपा पार्टी समर्थकले गिरीको पक्षमा व्यापक समर्थन गरेपछि गरेपछि भाजपा सांसद गिरीले हडताल सुरु गरेका हुन् । केजरीवालले सार्वजनिक रूपमा माफी नमागेसम्म गिरीले अनशन नतोड्ने बताएका छन् ।

गिरीका साथमा भाजपाका चर्चित नेता सुब्रमण्यम स्वामी पनि छन् । केजरीवालले भने हत्यामाथि भाजपाले राजनीति गरेको आरोप लगाएका छन् । हत्या जस्ता विषयमा खुला बहस गर्नुको साटो कारबाही गर्नुपर्ने उनको भनाइ छ । मृतक खानकी छोरी इकरा खानले भने उक्त हत्याका विषयमा राजनीति नगर्न केजरीवाल र गिरीसँग आग्रह गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.