शव ल्याउन नेपाल वायुसेवा निगमको विमान चार्टर

शव ल्याउन नेपाल वायुसेवा निगमको विमान चार्टर

काठमाडौँ: सरकारले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ नेपालीको शव ल्याउन नेपाल वायु सेवा निगम (नेवानी) को विमान चार्टर गरेको छ ।

मृतकको शव नेपाल ल्याउन विमान चार्टर गरेर काबुल पठाउने तय भएको र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भरतराज पौडेलले घाइतेको स्वाथ्य उपचारको उचित व्यवस्थापन गर्न पाकिस्तानको इस्लामावादस्थित कावा नेपाली राजदूत तीर्थराज अर्याललाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिए ।

सरकारको निर्देशनअनुसार कावा राजदूत मङ्गलबार बिहानै अफगानिस्तानका लागि पहिलो उडानबाट त्यहाँ पुगेर त्यहाँको कम्पनी, अफगान सरकारी प्रतिनिधिसँग भेटघाट तथा अस्पताल पुगेर घाइतेसँग भेट गरेका छन् ।

मृतकको शव नेपाल ल्याउने र घाइतेको उपचारका लागि आवश्यक तयारी गर्न आजै मन्त्रालयमा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गृह, पर्यटन, श्रम मन्त्रालय तथा नेपाली सेना, नेपाल प्रहरी, नागरिक उड्डयन प्रधिकरण, नेपाल वायुसेवा निगमका उच्च पदाधिकारी सम्मिलित बैठक बसेको थियो ।

बैठकको निर्देशनअनुससार प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रवक्ता पौडेलले विमानको उडान तथा अवतरणको आवश्यक अनुमतिका लागि उडानको बाटोमा पर्ने र अफगानिस्तान सरकारसँग कूटनीतिक तहबाट अनुरोध भइसकेको जानकारी दिए ।

‘अनुमति प्राप्त हुनासाथै जहाज त्यसतर्फ जाने तयारी अवस्थामा रहेको छ’ उनले भने, ‘सबैको शव ल्याएपछि मृतकका परिवारको इच्छाअनुसार काठमाडौँमा हस्तान्तरण गर्ने वा जिल्लामा पुर्याइदिने व्यवस्थासमेत गृह मन्त्रालयमार्फत भएको छ ।’

घाइतेको उपचार नयाँ दिल्लीमा
प्रवक्ता पौडेलले अफगानिस्तान घटनाका घाइते कृष्णबहादुर देउजा र मानबहादुर थापालाई थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको जानकारी दिए  ।

नेपाली कामदार कार्यरत कम्पनीको बिमाअनुसार अन्य तीन घाइतेलाई पनि नयाँ दिल्ली लैजाने तयारी भइरहेको बताउँदै प्रवक्ता पौडेलले घाइते च्याङवा तामाङको अवस्था अन्य घाइतेको भन्दा गम्भीर भएकाले कम्पनीले चिकित्सकको सल्लाहपछि मात्र नयाँ दिल्ली लैजाने जनाएको बताए ।

प्रवक्ता पौडेलले अवैधानिक रुपमा अफगानिस्तान कामदार पठाउने संस्था र व्यक्तिलाई आवश्यक कारवाहीका लागि सरकार गम्भीर रहेको र त्यसका लागि यो उद्धार प्रक्रिया सम्पन्न भएपछि सरोकारवाला निकायसँग छलफल गरेर प्रक्रिया अघि बढाइने  बताए ।


विमानको क्षमताअनुसार इच्छुकलाई ल्याइने
मन्त्रालयले विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई ल्याउने जनाएको छ । मन्त्रालयले निगमको ठूलो विमान चार्टर गरेको र त्यसमा १२ शवसँगै घाइते एवम् नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउने भएको छ ।

साथै, काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न विमानमा सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना विमानमा जाने तय भएको छ ।

मन्त्रालयले घाइतेका शीघ्र उपचार, शव छिटो नेपाल ल्याउने र त्यहाँ रहेको नेपालीको सुरक्षा सुनिश्चित गराउने सरकारको प्राथमिकता रहेको जनाएको छ ।

यस बारेमा उपप्रधानमन्त्री थापाले अफगानिस्तानस्थित उच्च सरकारी अधिकारीसँग आवश्यक परामर्श गर्नुभएको उनले जानकारी दिए ।

सरकारले मृतकलाई सम्बन्धित ‘एजेन्सी’बाट क्षतिपूर्ति भराउने भरमग्दुर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.