यी हुन् प्रभाव पार्नसक्ने खेलाडी

यी हुन् प्रभाव पार्नसक्ने खेलाडी

अल्भारो मोराटा (स्पेन)

अल्भारो मोराटा स्पेनिस टोलीका युवा तर प्रतिभाशाली खेलाडी हुन्। जारी युरोकपको सुरुआती दुई खेलमै मोराटाले आफूलाई टोलीको गोल मेसिनका रूपमा स्थापित गराइसकेका छन्।

स्पेनले समूहगत चरणको दोस्रो खेलमा टर्कीलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दा मोराटा एक्लैले दुई गोल गरेका थिए। अग्रपंक्तिमा अर्का स्ट्राइकर नालिटोसँग उत्कृष्ट तालमेल देखिएका मोराटाले जारी प्रतियोगितामा साविक विजेता स्पेनको लगातार तेस्रोपटक उपाधि रक्षा गर्ने योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।

सन् २०१४ मा बेलारुसविरुद्धको खेलमार्फत स्पेनिस टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका २३ वर्षीय मोराटाले त्यसयता खेल खेलेका छन्। इटालियन क्लब युभेन्टसका समेत मुख्य स्ट्राइकर रहेका मोराटाले ती अवसरमा देशका लागि पा“च गोलसमेत गरिसकेका छन्।

 

टोनी क्रुज (जर्मनी)
स्पेनिस महारथी क्लब रियल म्याड्रिडका महत्वपूर्ण खेलाडी टोनी क्रुज जर्मन राष्ट्रिय टोलीका पनि नियमित सदस्य हुन्। मिडफिल्डमा क्रुज विश्वकै उत्कृष्टमध्येका एक खेलाडी हुन्।

पछिल्ला खेलहरूको विश्लेषणले क्रुज मिडफिल्डमा सबैभन्दा बढी बल खेलाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। आक्रामक मिडफिल्डर क्रुज आफ्ना स्ट्राइकरलाई बल उपलब्ध गराउनमात्रै होइन, आवश्यक परेको अवस्थामा आफैं गोल गर्नसमेत सक्षम छन्।

सन् २०१० मा अजन्टिनाविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका क्रुजले त्यसयता ६७ खेल खेल्दै ११ गोल गरेका छन्। त्यसैले विश्व च्याम्पियन भएर पनि जारी युरोकपको समूहगत चरणमै मुस्किल देखिएको जर्मनीलाई यो संकटबाट उकास्न क्रुजको भूमिका महत्वपूर्ण हुनसक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.