डोनाल्ड ट्रम्पको हत्या प्रयास, एक पक्राउ

डोनाल्ड ट्रम्पको हत्या प्रयास, एक पक्राउ

लस एन्जल्सः बेलायती मूलका १९ वर्षीय एक युवकलाई लस भेगासमा आयोजित एक कार्यक्रममा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास गरेको भन्दै पक्राउ परेका छन् ।

उनले प्रहरी अधिकारी अमिल ज्याकोबको बन्दुक लुट्ने प्रयास गरेका थिए । नेभ्दाको संघीय अदालतमा दर्ता गरिएको उजुरीअनुसार माइकल सेनफोर्डले शनिबार आयोजना गरिएको र्यालीमा उनले हतियार लुट्न खोजेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

ती युवाले गिरफ्तारीपछि अमेरिकी सेक्रेट सर्भिसका एक एजेन्टसँग आफूले हतियार चलाउने तालिम लिएर आएको बताएका छन् । ट्रम्पको हत्या गर्न भनेर आफू क्यालिफोर्नियाबाट लस भेगास आएको पनि खुलासा गरेका छन् ।

सेनफोर्डले ट्रम्पमाथि एक दुईपटक गोली प्रहार गरेपछि आफू पनि प्रहरीको गोलीबाट मारिनेमा ढुक्क भएको पक्राउपछि प्रहरीलाई जानकारी दिएका छन् । सेनफोर्डले फिनिक्समा आयोजना गरिने र्यालीका लागि टिकट किनेका थिए ।

लस भेगासमा ट्रम्पको हत्या गर्न असफल भएका त्यहाँ हत्या गर्ने उनले योजना बताएका थिए । सोधपुछका क्रममा उनले हत्याका लागि आफूले बनाएका योजना सबै बताएका छन् ।

उनीबाट खतरा हुन सक्ने र भाग्ने मौका पाउने आशंकामा भन्दै उनलाई कुनै टिप्पणी नउठाई प्रहरीले हिरासतमा राखेको थियो । र्यालीमा छिर्नुभन्दा पहिला जाँच हुने हुनाले उनले कार्यक्रमस्थलमै प्रहरीकै हतियार खोस्न खोजेको स्वीकार गरेका छन् । मौका पाएमा आफूले फेरि यस्तो कोसिस गर्ने भन्दै वयानका क्रममा जानकारी दिएका छन् ।

ट्रम्पको र्यालीमा दंगा प्रहरी तैनाथ गरिँदै आएको छ । र्यालीका क्रममा कयौं प्रदर्शनकारी पक्राउ पर्दै आएका छन् । उनको र्यालीमा विरोध प्रदर्शन पनि हुन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.