सेनाका जहाज अब व्यापारिक उडानमा

सेनाका जहाज अब व्यापारिक उडानमा

काठमाडौं: नेपाली सेनाले आफूसँग भएका सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ।

रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रयोजनमा समेत आफ्ना हेलिकोप्टर र जहाजबाट चार्टर उडान गर्ने भएको हो।

रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित भएपछि नेपाली सेनाले विधिवत् रूपमा व्यापारिक उडान सुरु गर्नेछ। उक्त गठन आदेश राजपत्रमा प्रकाशित हुने प्रक्रियामा छ।

रक्षा मन्त्रालयले २०३६ सालमा गठन भएको शाही नेपाली सैनिक विमान सेवा व्यापारिक उडान विकास समितिका कतिपय प्रावधान स्पष्ट नभएकाले त्यसलाई खारेज गर्दै असार २ मा नयाँ विकास समितिलाई मूर्त रूप दिएको हो।

अघिल्लो आदेशअनुसार व्यापारिक उडानबाट आएको आम्दानीको पारदर्शिता र राजस्वबारे विवाद भएपछि सेनाले व्यापारिक उडान रोकेको थियो। सेनाले व्यापार गर्न नपाउने भन्दै विवाद भएपछि उद्धार तथा भीआईपी सवारीबाहेकका काममा नेपाली सेनाले सैनिक जहाजको प्रयोग बन्द गरेको थियो।

नेपाली सेनाको हवाई महानिर्देशनालयमा एउटा सुपर पुमा, दुईवटा एलुएट, तीनवटा एमआई १७, दुईवटा इक्वेरल, दुईवटा वेल र एउटा एलएच गरी ११ वटा हेलिकोप्टर चालू अवस्थामा छन् भने एउटा अर्काे स्काई ट्रक सञ्चालनमा छ। भारतले अनुदानमा दिएको एउटा हेलिकोप्टर भने बिग्रिएर थन्किएको छ।

 

रक्षा मन्त्रालयले अहिले फेरि नयाँ समिति बनाएर सैनिक जहाजलाई व्यापारिक उडान भर्न दिने निर्णय गरेको हो। रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले सैनिक जहाजले चार्टर उडान गर्न पाउनेबारे गठन आदेश जारी भएको बताए। सिम्खडाले भने, 'आदेश राजपत्रमा छापिने प्रक्रियामा छ। त्यसपछि लागू हुन्छ।'

उनले अबउप्रान्त सैनिक जहाजहरूले निर्बाध रूपमा व्यापारिक प्रयोजनले उद्धार, विकास र अन्य महत्वपूर्ण कामका लागि उडान भर्न पाउने बताए। मन्त्रालयले सैनिक जहाजको उडानलाई व्यवस्थित बनाउन कार्यविधिसमेत तयार पार्नेछ।


रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित भएपछि नेपाली सेनाले विधिवत् रुपमा व्यापारिक उडान सुरु गर्नेछ।


रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन गरी त्यससम्बन्धी कार्यविधि निर्माण प्रक्रियासमेत आन्तरिक रूपमा अघि बढाएको स्रोतले बतायो। अब नेपाली सेनासँग रहेका जहाजले विकास, उद्धार र अन्य कार्यका लागि निश्चित रकम लिएर सेवा प्रदान गर्नेछन्।

सैनिक जहाज चार्टरलाई व्यवस्थित बनाउन रक्षा मन्त्रालयले रक्षामन्त्री अध्यक्ष रहने गरी विकास समिति गठन गरेको छ। समितिमा रक्षामन्त्री वा राज्यमन्त्री अध्यक्ष, प्रधानसेनापति उपाध्यक्ष, रक्षा सचिव, अर्थ सचिव, बलाधिकृत रथी र व्यवस्था तथा युद्धकार्य महानिर्देशक सदस्य रहनेछन्। समितिको सदस्यसचिवमा सैनिक हवाई महानिर्देशक रहने व्यवस्था छ।

समितिले चार्टर उडानको भाडादर निर्धारण गर्ने, उडानका लागि सैनिक जहाजलाई आवश्यक खर्चको व्यवस्था मिलाउने, चार्टर उडानलाई सेवामूलक र पारदर्शी बनाउने काम गर्नेछ। समितिको कार्यालय नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयमा रहनेछ। समितिलाई आवश्यक पर्ने कर्मचारी जंगीअड्डाले उपलब्ध गराउनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.