काबुलबाट शव ल्याउन केही घन्टा ढिलाइ
![काबुलबाट शव ल्याउन केही घन्टा ढिलाइ](https://annapurnapost.prixacdn.net/media/albums/576a2d21d1de89.80496799_CYzn7Ip6h3.jpg)
काठमाडौंः काबुलमा बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव ल्याउन केही घन्टा ढिलाइ हुने भएको छ ।
बिहान साढे ११ बजे काबुलबाट शव लिएर नेपाल वायु सेवा निगमको जहाज फिर्ने भनिएपनि प्राविधिक तयारीका कारण जहाज उड्न ढिलाइ भएको हो ।
मारिएका १२ जना नेपाली र घाइते सातसहित घर फर्किन चाहने अन्य नेपालीलाई पनि सोही जहाजले ल्याउने भएकाले केही घन्टा ढिला भएको अफगानिस्तान पुगेका पाकिस्तानस्थित कार्यवाहक राजदूत तीर्थराज अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)