बाबुराम बहिर्गमन

बाबुराम बहिर्गमन

'अबको निकास आर्थिक विकास' भन्ने मूल नारासहित देशमा एउटा राजनीतिक दल थपिएको छ। यथास्थितिमा नेपाललाई थप पार्टी चाहिएको थियो कि थिएन भन्ने विषय छुट्टै बहसको विषय बन्न सक्ला, तर प्रधानमन्त्री भइसकेका व्यक्तिको सक्रियता र नेतृत्वमा नयाँ राजनीतिक दल गठन हुनुले वैकल्पिक राजनीतिक शक्तिका विषयमा एक किसिमको बहस सुरु गरिदिएको छ। नयाँ दलको उद्घोषले केही प्रमुख भनिने राजनीतिक दललाई पनि झस्का दिएको छ। कतै यसले प्रभाव जमाउने त होइन ?

निकै तामझाम र भड्किलो प्रचार शैलीबीच घोषित पार्टीको नाम 'नयाँ शक्ति नेपाल' राखिएको छ, जसका नेता डा. बाबुराम भट्टराई हुन्। संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएर करिब १७ हजार नागरिकको बलिदानीपश्चात् उनै बाबुरामको कार्यदिशाअनुसार नयाँदिल्लीमा भएको बाह्रबुँदे सहमतिपछि तत्कालीन नेकपा माओवादी शान्तिवार्तामा आएको थियो। नयाँ शक्तिका रूपमा उदाएका बाबुराम नेतृत्वको पार्टीको मार्गदर्शक सिद्धान्त लोकतान्त्रिक समाजवाद राखिएको छ।

लोकतान्त्रिक समाजवाद नै उत्तम थियो भने १७ हजारको बलिदानी केको लागि थियो त ? यो प्रश्नको उत्तर बाबुरामले दिनुपर्नेछ। किनकि यही सिद्धान्त अँगालेर इतिहास बनाएको कांग्रेस माओवादीको प्रधान शत्रु थियो युद्धताका।

माओवादी, माक्र्सवादी र लेनिनवादीको सिद्धान्त अँगालेर साम्यवादी राजनीति गरेका भट्टराईले अहिले जतिसुकै उदारवादी प्रमाणित गर्न खोजे पनि उनलाई विगतले पोल्नेछ पक्कै पनि, किनकि आफूसमेतको नेतृत्वमा सञ्चालित दसबर्से सशस्त्र संघर्षले उब्जाएको संक्रमणकाल दुईदुईपटक संविधानसभाको निर्वाचन भई नयाँ संविधान जारी भएको एक वर्ष बित्न लाग्दासमेत कायम छ। आज पनि युद्धका घाउका खाटा मेटिन सकेका छैनन्। सत्य निरूपण आयोगमा युद्धका सारथिविरुद्ध उजुरी हाल्ने क्रम जारी छ।

नेपालमा राजनीतिक दल विभाजित भई नयाँ दल गठन हुने क्रम नयाँ होइन। झन् कम्युनिस्टको विभाजन अनौठो होइन। उनीहरूको चरित्र नै एक ठाउँमा बस्न नसक्ने हो। एउटा निश्चित कालखण्डमा विभाजित हुने। पछिल्लो बाबुरामको बहिर्गमन पनि त्यसैको कडी हो।

मोहन वैद्य गए, वैद्यबाट विप्लव गए यो स्वाभाविक हो, किनकि सधैँ दोस्रो दर्जाको नेता भएर कति बसिरहने ? हो, एकले अर्काको अस्तित्व सधैँ कसरी स्विकार्न सक्छ त ?

विभाजनलाई समयको माग देख्ने बाबुरामले आफूलाई साँच्चै 'नयाँ' देखाउने र 'शक्ति' का रूपमा साबित गर्नुपर्ने चुनौती छ। उनले वैचारिक आधार र कार्यक्रम कस्तो ल्याउलान् त भन्ने बहस प्रमुख दलमा चले पनि लोकतान्त्रिक समाजवादको यात्राका सहयात्री बन्ने उद्घोषले भाइ कांग्रेस भएको संज्ञा पनि केहीले दिन थालेका छन्।

भट्टराईले समाजका विभिन्न क्षेत्रको साथ लिएर नयाँ शक्तिलाई जनतामाझ स्थापित गर्ने जुन महत्वाकांक्षा लिएका छन्, त्यो आफैँमा चुनौतीपूर्ण छ। हरेक पार्टीको भविष्य त्यस पार्टीले लिने सिद्धान्त, नीति, नारा र कार्यक्रमले निर्धारण गर्छ। त्यस अर्थमा बाबुरामले बोकेको सिद्धान्तलाई देश बनाउने अभियानलाई नकारात्मक दृष्टिले हेर्नु भने हुँदैन।

गैरमाओवादी समूहलाई अधिकतम रूपमा नयाँ शक्तिमा नभित्याएसम्म बाबुरामलाई नेपाली राजनीतिमा स्थापित हुन सजिलो छैन। दसबर्से युद्ध ठीक थियो भन्ने माओवादीइतर चिढिने र ठीक थिएन भन्दा माओवादीको निशाना बन्ने खतरा पनि उत्तिकै छ बाबुरामलाई। बाबुरामको व्यक्तित्व र क्षमता नभएको होइन, सानो युवा जमात उनको क्षमताका पक्षपाती छन्, तर उनीहरूलाई आकर्षित गर्ने कार्यक्रम के त ?

हो, मुलुक अब सिद्धान्तको सुगारटाइले चल्दैन, जनता अब चेनतशील भइसके। खालि भाषणले मात्र उनीहरूको विश्वास जितिरहन्छु भन्ने मनोविज्ञानले अब काम गर्दैन। अब देखिने विकास चाहिएको छ, देखाउने होइन।

अर्थमन्त्री र प्रधानमन्त्रीजस्तो कार्यकारी भूमिकामा रहेर जनताको मनोविज्ञान बुझिसकेका बाबुराममा केही गरौँ भन्ने सोचाइ नभएको होइन, तर त्यसको लागि माध्यम के त? न संसद्को सदस्य भएको दल न सरकारमा प्रतिनिधित्व। दरिद्रता, कुपोषण र अशिक्षाविरुद्ध संघर्ष गरिरहेको नेपाली समाजलाई बाबुरामको पार्टीले केही गर्ने देखिन्न सर्सर्ति हेर्दा। 

गैरमाओवादी समूहलाई अधिकतम रूपमा नयाँ शक्तिमा नभित्याएसम्म बाबुरामलाई नेपाली राजनीतिमा स्थापित हुन सजिलो छैन। सानो युवा जमात उनको क्षमताका पक्षपाती छन्, तर उनीहरूलाई आकर्षित गर्ने कार्यक्रम के त ?

नयाँ पार्टीप्रतिको जनताको सोचाइ पनि नयाँ नै छ। सामन्त, शोषक, साम्राज्यवादी, विस्तारवादी र पुँजीवादको विरोध गर्दागर्दै बाबुराम आफैँ पुँजीवादी भए। अब त्यो पुँजीवादको सदुपयोग गर्नकै लागि नयाँ पार्टी स्थापना गरे। पुँजीवादी र समाजवादीको उपस्थिति बढी छ, नयाँ शक्तिमा।

यसैको फ्युजनबाट मात्र विकास हुन सक्छ भन्ने बाबुरामको सोचाइ छ। पुँजीवाद नभई समृद्धि हासिल गर्न सकिन्न। नयाँ शक्तिको स्थापना भएको दिनदेखि नै उनका कार्यक्रमदेखि व्यक्त धारणासम्म पुँजीवादीलाई फाइदा हुने काम मात्र भएको देखिन्छ।

विनालगानी समृद्धि हासिल गर्न सकिन्न। लगानी पुँजीवादीले मात्र गर्न सक्छन्। त्यसैले त यही वर्गलाई सम्बोधन हुने गरी बाबुरामले नयाँ शक्तिको अपरिहार्यता देखेका हुन सक्छन्। यो नयाँ उद्योगीको संस्थाजस्तै बन्ने निश्चितजस्तै देखिन्छ।

नयाँ शक्ति राजनीतिक दलजस्तो नभई धनीमानीको गुठीजस्तो देखिने लक्षण बाबुरामले देखाइरहेका छन्। राजनीतिका नाममा पुँजीवादीलाई एकीकृत गर्ने उनको कार्यक्रमले कति सार्थकता पाउला, त्यो भविष्यले बताउनेछ।

उनको आर्थिक समृद्धिको नारा सही छ। समृद्धि गुटविशेषभन्दा पनि देश र जनताको पक्षमा हुनुपर्छ। तर समृद्धिको मार्ग के त यसको उत्तर दिने ठाउँ पनि छैन बाबुरामसँग यतिबेला। खालि पार्टी गठन गरेर विकास र समृद्धिको नाराले अर्थ राख्दैन।

हो, साम्राज्यवादीले कम्युनिस्ट समाप्त पार्न प्रयोग गरेको कार्डका रूपमा पनि बाबुरामलाई हेरेका छन्। लोकतन्त्रको रक्षाका लागि पार्टीहरू फुट्नुभन्दा जुट्नु राम्रो हो भन्ने बाबुराम आफैँ पार्टी विभाजित गरेर समृद्धिको यात्रामा हिँड्ने उद्घोषसहित अघि बढेका छन्।

राजनीतिक पार्टीको आधार भनेकै जनता हो। जनताकै म्यान्डेटले बनाएका अनुशासित कार्यकर्ताको जमात पनि हो पार्टी। दलले नैतिकता, निश्चित मूल्यमान्यता र जिम्मेवार बोकेको हुन्छ। तर आज यी उल्लिखित विषयले समाजमा ठाउँ पाउन छोडेको छ।

दलहरूप्रति जनताको दृष्टिकोणमा क्रमशः ह्रास आउँदै गएको छ। यस्तो अवस्थामा गठन भएको नयाँ पार्टीले कसरी आफूलाई प्रस्तुत गर्छ, त्यहीअनुसार उसको भविष्य निर्धारण हुने हो।

सत्तालाई प्रधान ठान्ने प्रवृत्ति मौलाएकै कारण राजनीति समाजको लागि नभई दलकै कार्यकर्ताको हितमा हुन थालेको गुनासो सर्वत्र छाएको छ। बाबुराम पनि प्रधानमन्त्री भइसकेको व्यक्ति भएकाले यो यथार्थको ज्ञान पक्कै छ। त्यसैले अहिलेको भीडबाट आफूलाई अलग राखेको देखिए पनि आखिर सत्ता प्रधान नै हुन्छ भन्ने मान्यतालाई उनले पनि शिरोधार्य गरेका छन्।

वैकल्पिक शक्ति बन्ने होड नेपाली राजनीतिमा निकै पहिलेदेखि चलेको हो, तर व्यवहारमा देखिन सकेन। त्यो शक्ति जनताको बलमा प्राप्त हुने हो, निर्वाचनमा मात्र जनता देख्ने परम्पराले दलहरूप्रति उनीहरूको विश्वास गुमेको स्थिति छ। यस्तो अवस्थामा टेस्टेड भइसकेका बाबुरामको नयाँ शक्तिले पनि केही गरिहाल्ला भन्नेमा शंका छ।

जनतामा व्याप्त समस्याको समाधान राजनीतिले होइन, आर्थिक विकासबाट मात्र पूरा गर्न सकिन्छ भन्ने मान्यता उत्तम छ। तर भ्रष्टाचार, दण्डहीनता र कानुनी शासनको उपहास भइरहेको वर्तमान अवस्थामा समृद्धिको यात्रा कसरी अघि बढाउन सक्छन् बाबुरामले ?

कम्युनिस्टहरूको चरित्र नै एक ठाउँमा बस्न नसक्ने हो। पछिल्लो बाबुरामको बहिर्गमन पनि त्यसैको कडी हो। मोहन वैद्य गए, वैद्यबाट विप्लव गए यो स्वाभाविक हो, किनकि सधैँ दोस्रो दर्जाको नेता भएर कति बसिरहने ? हो, एकले अर्काको अस्तित्व सधैँ कसरी स्विकार्न सक्छ त ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.