१२ वटा शवसहित २४ जना युवा पनि काबुलबाट फर्कँदै
काठमाडौंः सोमबार बिहान तालिवानको आक्रमणमा ज्यान गुमाएका १२ नेपाली युवाको शव बोकेको नेपाल वायु सेवा निगमको विमान काबुलबाट काठमाडौंका लागि उडेको छ ।
काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि १२ मृतक र अन्य २४ जना युवाहरुलाई पनि लिएर विमान नेपालका लागि उडेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।
१२ जनाको शव र २४ जना अन्य युवाहरुलाई पनि लिएर आएको यो विमान करिब ३ बजेको समयमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।
काबुल आक्रमणमा मारिएका र घाइतेहरुलाई बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आफैं त्रिभुवन विमानस्थल जाने भएका छन् ।