सप्तकोसीमा पानीको बहाव खतरामाथि

सप्तकोसीमा पानीको बहाव खतरामाथि

इटहरीः सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पाहाडी जिल्लाहरुमा लगातार वर्षा नरोकिएपछी सप्तकोसीमा पानीको बहाव उच्च भएको हो । कोसीमा पानीको बाहव उच्च् भएपछि कोसी ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको छ ।

मंगलबार सप्तकोसी नदीमा पानीको बहाव प्रतिसकेण्ड एक लाख ४० हजार ७० क्यूसेक पगेको थियो । बुधवार पानीको बहाव प्रतिसकेण्ड एक लाख ८१ हजार ४ सय ६० पुगेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताएका छन् ।

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजका ५६ ढोका मध्य २७ वटा मात्र ढाका खोलिएका छन् ।

भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुदा समेत भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजका सबै ढोका नखोलिएपछि सुनसरीका महेन्द्रनगर, प्रकासपुर, मधुवन, श्रीपुर , हरिपुर लगायतका सर्बसाधारण आतंकित भएको कोसीपीडित सर्घष समितिका सचिव बाबुराम कार्कीले बताए । उनले असार, साउन र भदौ महिनामा कोसी व्यारेजका सबै ढोका खोल्नु पर्ने माग गरेका छन् ।

सप्तकोसीमा सामान्यतया एक लाख ५० हजार क्युसेक पानीको बहाव कटेपछि खतरा मानिन्छ । २०६५ साल भदौ २ गते सप्तकोसीको पूर्वी तटबन्ध भत्काएर कटान गर्दा कोसीमा पानीको बहाव प्रति सकेण्ड एक लाख ६८ हजार क्युसेक पुगेको थियो ।

 

सुरक्षा प्रमुखद्वारा सप्तकोसीको निरीक्षण
सप्तकोसीमा पानीको बहाव बढेपछि सुनसरीका सुरक्षा निकायका प्रमुखहरुले सप्तकोसी नदीको स्थलगत निरीक्ष्ण गरेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर चापागाईँको नेतृत्वमा सुनसरीका प्हरी प्रमुख पोषराज पोखरेल, राष्टिय अनुसन्धान विभागका सुनसरी प्रमुख नगेन्द्र दाहाल, सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाली सेनाका कर्णेल सुलभ खड्का लगायतको टोलीले सप्तकोसी नदीको स्थलगत निरीक्षण गरेको छ ।

टोलीले सप्तकोसी नदीको स्थलगत निरीक्षण गरी कोसी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत हनु आग्रह गरिएको एसपी पोखरेलले जानकारी दिएका छन् ।

यसैबीच भारतको विहार राज्यका चिफ इन्जिनियर शशीकान्त सिन्हाको नेतृत्वमा आएको (क्युआरटी अर्थात क्विक रेस्पोन्स टिम) प्राविधिकको टोलीले प्रत्येक दुई दुई घण्टामा सप्तकोसीले क्षति पुर्याउन सक्ने सम्भावित जोखिमका स्थानहरुको निरन्तर निरीक्षण गरिरहेको छ ।


भारतले १५ जुन देखि १५ अक्टोवर सम्म कोसीलाई जोखिम समयको रुपमा राखेर विशेष ध्यान दिने गरेको छ अनुगमनमा आएका भारतीय अधिकारीले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.