पाँच महिने छोरोसँगै श्रीमानको शव कुर्दै

पाँच महिने छोरोसँगै श्रीमानको शव कुर्दै

काठमाडौँः सोमबार बिहान अफगानिस्तानमा भएको आतंकवादी हमलामा १२ नेपालीको निधनले देश शोकमा छ । त्यो भन्दा बढी १२ जना नेपालीका आफन्तलाई चोट पुगेको छ ।

सरकारले विमान चार्टर गरेर शव नेपाल ल्याउने भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफन्तको भिड लागेको छ । शोकका त्यही भीडमा पाँच महिनाका जेनिस थापा समेत आमाको काखमा छन् ।

जेनिसका बुबा जितेन्द्रसिंह थापाको शवको प्रतिक्षामा रहेकी आमासँगै देखिएका जेनिसको तस्बिरले सबैको ध्यान खिचेको छ ।

अफगानिस्तानको काबुलमा भएको आतंकवादी हमलाले देश रोइरहेका बेला पीडितको पीडा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली समेत विमानस्थल पुग्दै छन् ।

परराष्ट्र मन्त्रालयले चार्टर विमानमा १२ नेपालीको शव सँगै २४ नेपाली कामदार समेत घर फर्किएको जानकारी दिएको छ । काबुलमा आत्माघाती हमला भएपछि सरकारले देश फर्कन चाहने नेपालीलाई सम्पर्क गर्न आग्रह गरेको छ ।

काबुल आक्रमणका घाइते पाँच नेपालीलाई बुधबार भारतको राजधानी नयाँदिल्ली लगिएको परराष्ट्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.