कफिनमा काबुल आक्रमणमा मारिएका १२ नेपालीको शव
![कफिनमा काबुल आक्रमणमा मारिएका १२ नेपालीको शव](https://annapurnapost.prixacdn.net/media/albums/576a76b3aac068.20751332_jviucse6HU.jpg)
काठमाडौँ: अफगानिस्तानको काबुलमा सोमबार आतंकवादी आक्रमणमा मारिएका १२ नेपालीको शव काठमाडौँ ल्याइएको छ।
सरकारले बुधबार बिहान शव लिन नेपाल एयरलाइन्सको विमान चार्टर गरी काबुल पठाएको थियो। विमानबाट १२ नेपालीको शव पौन तीन बजे दिउँसो काठमाडौँ ल्याइएको हो।
१२ नेपालीको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए। ओलीले मृतकप्रति श्रद्धाञ्जलि दिँदै तालिवानसँग नेपालीको कुनै साइनो नभएको बताएका छन्। प्रधानमन्त्रीले भने, ‘तालिवानको नेपालीसँग कुनै साइनो र द्वेवेष छैन्।'
प्रधानमन्त्री ओलीले शव राखिएका कफिनमाथि माल्यार्पण गर्दै काबुलमा नेपालीको अत्यन्त कायरतापूर्ण ढंगले भएको हत्याप्रति सिंगो देश दुःखी भएको बताए ।
प्रधानमन्त्री ओलीले मृतकका परिवारजनप्रति समवेदना प्रकट गरे। सरकारले काबुलाट ल्याइएका सात शव परिवारको चाहनाअनुसार घर पठाउने तयारी सरकारले गरेको छ भने बाँकी शव राजधानीबाटै आफ्न्तले बुझ्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)