१२ जनाको शवसँगै २४ जना काबुलबाट फर्किए

१२ जनाको शवसँगै २४ जना काबुलबाट फर्किए

काठमाडौं: तालिवानको आक्रमणमा मारिएका १२ युवाहरुको शवसँगै २४ जना युवाहरु पनि घर फर्किएका छन् ।

अफगानिस्तानको काबुलस्थित बेलायी सुरक्षाकम्पनीमा कार्यरत २४ जना युवाहरु नेपाल वायु सेवा निगमको जहाजबाट घर फर्किएका हुन् ।

सँगै काम गर्ने साथीहरु तालिवानको निशानामा परेपछि आफूहरु पैसा भन्दा ज्यान ठूलो बुझेर नेपाल फर्किएको गोरखाको नवराज खड्काले जानकारी दिए ।

काबुलस्थित क्यानेडेली दुतावासमा काम गर्दै आएका एक सय ४७ जना मध्ये १२ जना नेपाली युवा सोमबार बिहान तालिवानको आत्मघाती आक्रमणमा मारिएका थिए ।

बुधबार विहानै चाटर्ड विमान मारिएका सबैलाई कफिनमा हालेर ल्याइएको थियो । उनीहरुसँगै अन्य २४ जना कामदारलाई समेत सरकारले स्वदेश फिर्ता ल्याएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली आफैं मृतकका बारे र आफन्तलाई सान्त्वना दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

उनीसँगै उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्ति बहादुर बस्नेत र श्रम मन्त्री दिपक बोहोरा लगायतका नेताहरु विमानस्थल पुगेका थिए ।

काबुलबाट फर्किएका २४ युवाहरु

–नुवाकोट
रत्नबहादुर तामाङ
विक्रमप्रसाद तामाङ
पूर्णबहादुर गुरुङ
रौत तामाङ
प्रेम तामाङ
ईन्द्र तामाङ
सुप तामाङ
लालबहादुर तामाङ
आइतसिंह तामाङ
–कास्की
बेलप्रसाद गुरुङ
मणिराम खनाल
पूर्णबहादुर गुरुङ
खेमबहादुर गुरुङ
भगवान बञ्जारा
–प्युठान
विक्रम विष्ट
–तनहुँ
केयरसिंह राना
–मोरङ
खुसीलाल धिमाल
–सुनसरी
वीरबहादुर खत्री
–काभ्रे
श्याम तामाङ
–काठमाडौं
नवराज खड्का
चमकसिंह राई
–पाल्पा
मानबहादुर थापा
–चितवन
सत्यनारायण श्रेष्ठ
–गोरखा
दुर्गा लामा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.