प्रहरीको डरले डाक्टर ‘बेहुलो’ भागेपछि......

प्रहरीको डरले डाक्टर ‘बेहुलो’ भागेपछि......

जनकपुरः डाक्टर केटासँग शिक्षिका छोरीको विवाह गर्ने सबै तयारी भइसकेको बेला एक्कासी नक्कली सर्टिफिकेटको डरले केटा फरार भएपछि केटी पक्षले बुझाएको ६० लाख रुपैयाँ दाईजो गुमेको छ ।

महोत्तरीको भ्रमरपुरा निवासी मोहन शर्माले आफ्नो शिक्षिका छोरी प्रिया शर्माको विवाह महोत्तरीकै धिरापुर घर भई हाल जनकपुर उपमहानगरपालिका–१० मा बस्दै आएका लाल ठाकुरका छोरा प्रशान्त शर्मासँग तय गरेका थिए ।

पेशाले डा. रहेका प्रशान्तको परिवारले विहेमा दाइजोस्वरुप ६० लाखको माग गरेको थियो । खेती किसानी गर्ने शर्माले छोरीको उज्वल भविष्यलाई हेर्दै जग्गा जमिन बेचेर ६० लाख रुपैयाँ जोहो गरी केटा पक्षको बैंक खातामा जम्मा गराए ।

२०७२ माघ १७ गते केटा र केटीपक्षले यही असार १५ गते विहेको मिति समेत निर्धारण गरिसकेको थियो । तर, विवाहको समय नजिकिँदै जाँदा पनि केटा पक्षको तर्फबाट सरसामान किनमेल वा अन्य कुनै चासो नराखेपछि शर्माको परिवार चिन्तित भयो ।

दाइजोको रकम बुझाएर विहे तय भइसक्दा पनि एक महिनाभन्दा कम समय बाँकी रहँदा समेत ठाकुर परिवारबाट कुनै मतलब नराखेपछि आफुहरुले पटक पटक फोन सम्पर्क गरेर सोधपुछ गरेको प्रियाका भाइ सुभास शर्माले बताए ।

फोनमा समेत उचित जानकारी नपाएपछि मोहन शर्मा आफैँ असार ३ गते ठाकुरपरिवार कहाँ धिरापुर पुगेका थिए ।

 

तर, त्यहाँ पुग्दा डा.प्रशान्तका बुवा लाल ठाकुरले आफ्नो छोराको अत्तोपत्तो नरहेको बताएपछि शर्मा छाँगाबाट खसेझैं भए । प्रशान्तले चीनबाट एमबीबीएस गरेर जनकपुरको जानकी मेडिकल कलेज अन्तर्गत सञ्चालित सिटी अस्पतालमा कार्यरत रहेपनि पछिल्लो समयमा सिआईबीले नक्कली शैक्षिक प्रमाणपत्र भएका चिकित्सकहरुलाई देशैभरी पक्राउ गरिरहेको अवस्थामा नक्कली प्रमाणपत्रको डरले फरार भएको आशंका गरिएको छ ।

छोरीको विहे तय भइसकेको अवस्थामा यसप्रकार केटा फरार भएपछि दोस्रो पटक पुनः खोजतलास गर्न प्रशान्तको घर पुग्दा उनको परिवारजनले आफुहरुलाई केटीबालाले कुटपिट गर्न आएको आरोप लगाउँदै प्रहरीमा समेत जानकारी गराएर बद्नामी गराएको बताए ।

यो कुरा प्रहरी प्रशासनसम्म पुगेपछि गाउँका भद्रभलादमी र प्रहरीको रोहबरमा असार ५ गते धिरापुर प्रहरी चौकीमा शर्माले दाइजोस्वरुप ठाकुरपरिवारलाई बुझाएको ६० लाख रुपैयाँ फिर्ता गर्न दबाव दिएपछि प्रशान्तका बुवा लाल ठाकुरले एक करोडको कपाली तमसुक बनाएर आफु छिटै रकम फिर्ता गर्ने सहमति गरेको सुभासले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.