बुधबार दोलखा केन्द्र भएर भूकम्पको धक्का
![बुधबार दोलखा केन्द्र भएर भूकम्पको धक्का](https://annapurnapost.prixacdn.net/media/albums/576a9363b36247.17142160_dBN1Zd32AH.jpg)
काठमाडौँ: बुधबार साँझ दोलखा केन्द्रबिन्दू भएर भूकम्प गएको छ ।
साँझ ६:४५ मा दोलखा केन्द्र भएर ४ दशमलव १ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बुधबार साँझको भूकम्प गत वर्ष वैशाख १२ गतेको शक्तिशाली भूकम्पकै परकम्प हो ।
२०७२ वैशाख १२ मा गएको शक्तिशाली भूकम्पपछि ४ म्याग्निच्यूडमा माथिका चार सय ६१ बढी परकम्पन गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)