जब छोराहरु कफिनमा आए (फोटो फिचर)

जब छोराहरु कफिनमा आए (फोटो फिचर)

काठमाडौँ: अफगानिस्तानको काबुलमा सोमबार आतंकवादी आक्रमणमा मारिएका १२ नेपाली छोराहरुको शव काठमाडौँ ल्याएपछि विमानस्थलको वातावरण शोकाकुल बन्यो। विमान पुगेसँगै काठमाडौँमा एकाएक झमझम झरी पर्न सुरु गरिसकेको थियो। लाग्थ्यो नेपाली छोराहरुको शोकमा आकाश पनि रोइरहेको छ।

विमानस्थलमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् पराराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगारमन्त्री दीपक बोहरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाही पुगेका थिए। उनीहरुले मृतकको शव राखिएका कफिनमाथि फूलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।

उनीहरुसँगै विमानस्थलमा मृतकका परिवारजन, आफन्त, शुभेच्छुक मात्र होइन सञ्चारकर्मी, सुरक्षाकर्मी र अन्य सरकारी अधिकारीसमेत वर्षामा रुझ्दै पुगेका थिए। शवमा फूलमालाले श्रद्धाञ्जलि अर्पण गरेपछि परिवारजनलाई शव बुझाइएको थियो।

गृह मन्त्रालयले मृतक परिवारको इच्छाअनुसार सम्बन्धित जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको थियो।

आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट बुधबार दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको थियो। विमानमा अन्य २४ नेपाली कामदार पनि स्वेच्छाले नेपाल फर्केका छन्।

 

 

 

 

 

 

 

 

 

तस्बिरहरु: उमा बिष्ट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.