कांग्रेसको जिल्ला अधिवेशनमा कुटाकुट

कांग्रेसको जिल्ला अधिवेशनमा कुटाकुट

बाह्रबिसेः कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशनमा मतदान चल्दै गर्दा दुई पक्षीय कार्यकर्ताबीच झडप भएको छ। मतदानस्थलबाहिर दुई उम्मेदवारका समर्थकहरूबीच सामान्य विवाद भएपछि झडप भएको हो ।

सभापति उम्मेदवार हरिशरण श्रेष्ठका समर्थक महासमिति सदस्य विष्णु खत्री तथा क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतले भूपेन्द्रबहादुर थापाका समर्थक महाधिवेशन प्रतिनिधि बलदेव तिमिल्सिना र युधीर पौडेललाई हातपात गरेका प्रत्यक्षदर्शीले बताए ।

झडपका क्रममा तिमिल्सिनाको कपडा च्यातिएको थियो । प्रत्यक्षदर्शीका अनुसार खत्रीले तिमिल्सिनालाई तँ भनेपछि विवाद सुरु भएको थियो ।

विवादकै क्रममा खत्री आक्रमणमा उत्रिएका थिए । खत्रीलाई अन्य कार्यकर्ताले छेकेपछि तिमिल्सिना र पौडेललाई बस्नेतले आक्रमण गरेका थिए । झडपमा अन्य कार्यकर्ता बीचमा आएकाले गम्भीर घटना हुन नपाएको प्रत्यक्षदर्शी बताउँछन् ।

अर्को उम्मेदवारलाई समर्थन गरेकै कारण आफूमाथि आक्रमण गरेको तिमिल्सिनाले बताए । आन्तरिक विवाद र सामान्य घटना भएको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । सामान्य झडप भएको स्वीकार्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले यसलाई ठूलो रूपमा लिन नहुने बताए ।

घटनालाई कसरी लिने भन्ने विषयमा थापा समूह बुधबार साँझ मत परिणाम सार्वजनिक भएपछि छलफलमा जुटेको छ । ‘घटनालाई कसरी लिने भन्ने विषयमा छलफल भइरहेको छ’, तिमिल्सिनाले भने, ‘ममाथि आक्रमण भएको हो । सबै साथीभाइसँग छलफल गरेर कानुनी प्रक्रियामा जान्छौं । आफूले सम्मान गर्दागर्दै आफूमाथि जाइलागेकाले नियोजित रूपमै आक्रमण भएको तिमिल्सिनाको दाबी छ ।

अधिवेशनमा तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि बिहीबार अर्को निर्वाचन हुने भएको छ । अधिवेशनमा विकास लामा दुई सय ४६ मत ल्याएर प्रथम भएका छन् । उनी पौडेल पक्षका हुन् । देउवा पक्षका हरिशरण श्रेष्ठले दुई सय ३८ मत ल्याएर दोस्रो भएका छन् भने पौडेल पक्षकै भूपेन्द्रबहादुर थापा दुई सय २८ मत ल्याएर मतदान प्रक्रियाबाट बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.