युरोकपमा हारसँगै टुंगियो स्वीडेनको यात्रा

युरोकपमा हारसँगै टुंगियो स्वीडेनको यात्रा

काठमाडौंः विश्वचर्चित स्ट्राइकर ज्लाटान इब्राहिमोबिक र उनको देश स्वीडेनको यो पटकको युरोकप यात्रा सुखद रहेन ।

समूह ई अन्तरगतको अन्तिम खेलमा बेल्जियमसँग पराजित हुँदै स्वीडेनले युरोकपको यात्रा टुंग्याएको छ ।

तीन खेलबाट एक अंकमात्रै जोडेको स्वीडेनका स्ट्राइकर ज्लाटान इब्रहामिबकको देशका लागि अन्तिम खेल पनि सुखद रहेन ।

स्वीडेनलाई घर फर्काउने क्रममा बेल्जियमका लागि ८४ औंं मिनेटमा एडेन हाजार्डको पासमा नाइङ्ग्गोलानले निर्णायक गोल गरे ।

बेल्जियम ६ अंक बटुल्दै समूह ई बाट उपविजेता बनेर अन्तिम १६ मा पुग्यो । यही समूहबाट आयरल्यान्ड पनि ४ अंक जोड्दै अन्तिम १६ को यात्राम निस्क्यो ।

इटाली र बेल्जियमसँग पराजित स्वीडेन आयरल्यान्डसँगको बराबरीबाट प्राप्त १ अंकसहित पुच्छरमा रह्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.