दलितका लागि आधारभूत पत्रकारिता तालिम
काठमाडौँ: राजधानीमा दलित युवा विद्यार्थीका लागि एकहप्ते आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । दलितवर्ग उत्थान विकास समितिको आयोजनामा एकहप्ते तालिमको आयोजना गरेको समितिका उपाध्यक्ष मुक्तबहादुर महतेले बताए ।
महतेले अहिलेका मिडिया समावेशी बन्न नसकेको प्रति दुःख व्यक्त गरे । दलित अनलाइनको सभाहल अनामनगरमा सुरु तालिममा विभिन्न जिल्लाका दलित युवा विद्यार्थी सहभागी छन् ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै महतेले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक मुद्दाबाट पीडित दलित समुदायका मुद्दा मिडियाले प्राथमिकतामा नराखेको बताए ।
विकास समितिका कार्यकारी निर्देशक रामसुन्दर महराले भने राज्यको चौथो अंगले समेत अल्पसंख्यक समुदायका मुद्दाको सम्बोधन गर्न नसकेकाले आफ्नै समुदायबाट पत्रकार उत्पादन गर्नुपर्नेमा जोड दिए ।
दलित युवालाई मुलधारका सञ्चारकर्मीले प्रशिक्षण दिने आयोजक मध्येका एक भीम विश्वकर्माले जानकारी दिए ।