उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

सोलः उत्तर कोरियाले दुई घण्टाभित्र बुधबार दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जानकारी दिएको छ ।

मध्यम दूरीका ती शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेर संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन भएको छ । दक्षिण कोरियाली सैनिक अधिकारीका अनुसार मुसुदान क्षेप्यास्त्र परीक्षण गरिएको हो ।

पहिलो परीक्षण असफल भएको उनले जानकारी दिएका छन् । दोस्रो क्षेप्यास्त्र भने ४ सय किलोमिटर पार गरेर समुद्रमा खसेको थियो ।

उक्त क्षेप्यास्त्र परीक्षणको जापानी प्रधानमन्त्री सिन्जो आबेले विरोध गरेका छन् । उत्तरका यस्ता गतिविधि सह्य नहुने बताएका छन् । दक्षिण कोरियाले पनि उक्त परीक्षणको विरोध गरेको छ । यसरी बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निरस्त्रीकरणसम्बन्धी कानुन उल्लंघन गरेको भन्दै दक्षिणले त्यसको निन्दा गरेको हो ।

यसअघि पनि उसले हालै अर्काे एक मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो । उत्तर कोरियाले मध्यम दूरीको क्षेप्यास्त्र देशको पूर्वी क्षेत्रमा फालेको पाइएको र दक्षिण कोरियाली रक्षामन्त्रालयका रक्षा विज्ञले पत्ता लगाएका दक्षिण कोरियाको भनाइ छ । मंगलबार बिहान साढे पाँच बजे पनि उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट उक्त क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

बुधबार एकीकरण मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । प्रवक्ता जियोन जुन हीले बुधबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलनमा बारम्बार यसरी उत्तर कोरियाले गर्ने गरेको परीक्षणप्रति ऊ जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए । केही समयअघि पनि उसले यही क्षेत्रमा अर्काे क्षेप्यास्त्र परीक्षण गर्न लागेको र त्यो असफल भएको दक्षिण कोरियाले दाबी गरेको छ ।

सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको बताएको छ । पछिल्लो समयमा यी दुई कोरियाबीच चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि पनि प्योङयाङले प्रस्ताव गरेको थियो । त्यस प्रस्तावलाई दक्षिण कोरियाले हालैमात्र अस्वीकार गरेको थियो ।

पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएका छन् ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि आणविक परीक्षण नोक्नु उत्तर कोरियाको हठ भएको बताइन्छ।

यस क्षेप्यास्त्रको प्रयोगका बारेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । दक्षिणले भने बारम्बार उत्तर कोरियाले आफूखुसी गर्दै आएको यस्तो परीक्षणका विरुद्धमा उसमाथि कानुनी कारबाही गर्नुपर्ने बताउँदै आएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.