मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध

मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध


चितवनः चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि यहाँ सडक अवरुद्ध हुन पुगेको छ ।

उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

अहिले दुईतर्फबाट दुईवटा डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको छ ।

सडक बन्द हुँदा बीच बाटोमै गाडीको लामो लाइन रहेको जनाइएको छ । बाटो खुल्न अझै केही घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त सडक दैनिक अवरुद्ध हुन थालेको छ ।

यसअघि मङ्गलबार र बुधबार पनि पटकपटक पहिरो खसेर उक्त सडक अवरुद्ध हुँदा यात्रु प्रभावित भएका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.