तेह्र घन्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

तेह्र घन्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवनः चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस-६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि अहिले १०:३० बजेबाट यातायात सञ्चालनमा आएको छ ।

तेह्र घन्टापछि सडकको पहिरो पन्छाएर बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सडकको चार किलो र पाँच किलोको बीचमा गएराति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको थियो ।

दुई वटा डोजरले पहिरो पन्छाएर बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बाटो खुलेसँगै नारायणगढबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

बाटो खुलाइए पनि गाडीको लामो लाइन भएकाले सहज हुन केही घन्टा लाग्ने जनाइएको छ । सडक बन्द भएपछि मुग्लिन र चितवनको आँपटारी क्षेत्रमै गाडी रोकिएका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.