काबुलमा ज्यान गुमाएका क्षेत्री र गुरुङको पोखरामा अन्त्यष्टि

काबुलमा ज्यान गुमाएका क्षेत्री र गुरुङको पोखरामा अन्त्यष्टि

पोखराः अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहको विस्फोटनमा परी ज्यान गुमाएका नवीनबहादुर क्षेत्री र सुकबहादुर गुरुङको पोखराको रामघाटमा अन्त्यष्टी गरिएको छ ।

पर्वत कार्कीनेटा गाविस वडा नं ६ का क्षेत्री र स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका गुरुङको बिहीबार बिहान पोखरामा अन्तिम संस्कार गरिएको हो ।

रामघाटमा क्षेत्री र गुरुङको आ–आफ्नै जातीय संस्कारअनुसार अन्तिम संस्कार गरिएको छ ।

क्षेत्रीलाई उनका साहिला भाइ दण्डबहादुरले दागबत्ती दिए । क्षेत्रीको अन्तिम संस्कारमा सहभागी हुन उनका आफन्तहरू रामघाट पुगेका थिए ।

नवीन क्षेत्रीको मृत्युको खबरले उनको परिवार र कार्कीनेटावासी सबै शोकमा डुबेको उनका छिमेकी माधवप्रसाद शर्माले बताए ।

यसअघि सशस्त्र प्रहरी बलमा कार्यरत गुरुङ २०६५ सालदेखि अफगानिस्तानमा सेक्युरिटी गार्डमा रोजगारीका लागि  गएका थिए । उनी समय समयमा घरमा आउने जाने क्रममा गत जेठ २८ गते अफगानिस्तान गएका थिए ।

कार्कीनेटा गाविस–६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नवीन परिवारका माइला छोरा हुन् ।

बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमासहित एक श्रीमती र एक छोरी छन् । उनको श्रीमती र छोरी पनि काठमाडौँमा नै बस्दै आएको शर्माले जानकारी दिए ।

लामो समय सशस्त्र प्रहरी बलमा कार्यरत रहे पनि अझै राम्रो आम्दानी गर्ने र घरपरिवारलाई सुखी बनाउने, छोरीको शिक्षादीक्षा राम्रोसँग गरौँला भन्ने सपना बोकेर क्षेत्री विदेशीएका थिए ।

अहिले कार्कीनेटामा रहेको घरमा उनकी वृद्ध आमा बत्तीकुमारी मात्रै बस्दै बस्दै आएका छन्।

उनको शव बुधबार ५.३० बजे हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अन्तिम संस्कार गर्ने क्रममा रामघाटमा अचानक बेहोस भएकी उनकी श्रीमती सरस्वतीलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ ।


अफगानिस्तानको सोही घटनामा ज्यान गुमाएका स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका सुकबहादुर गुरुङको आफ्नै जातीय संस्कारअनुसार रामघाटस्थित बौद्ध अघौँ सदन पोखरामा बिहीबार नै अन्तिम संस्कार गरिएको गुरुङका दाइ कृष्णप्रसाद गुरुङले जानकारी दिए ।

विगत नौ वर्षदेखि काबुलमा सुरक्षा गार्डका रुपमा कार्यरत उनी बीचमा नेपाल आएर अफगानिस्तान फर्केको चार महिना मात्र भएको उनका साला दुर्गा खरेलले जानकारी दिए ।

उनका आफन्त कर्णेल कृष्णबहादुर गुरुङका अनुसार स्व गुरुङ त्रिभुवन आर्मी क्लबका फुटवल खेलाडीसमेत थिए ।

एक आमा, श्रीमती, एक छोरा र छोरी रहेको गुरुङको निधनले परिवारजन र कल्स्याङ्दी गाउँ शोकमा डुबेको उनले बताए ।

मृतक गुरुङको शव बुधबार हेलिकप्टरमार्फत दिउँसो पोखरा ल्याइएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.