काबुल हत्याका दुईको नुवाकोटमा अन्तिम संस्कार
देवचन्द्र भट्ट
त्रिशूलीः सोमबार अफगानिस्तानको काबुलमा बम विस्फोटमा माारिएका निवाकोटका डम्बरबहादुर तामाङ र लीलबहादुर गुरुङको बिहीबार अन्तिम संस्कार गरिएको छ ।
काबुल आक्रमणमा नुवाकोटका मात्र चार जनाएको मृत्यु भएको छ । काबुल हिंसामा कल्याणपुरका दुई र किम्ताङ र वर्सुन्चेत गाविसका एक÷एक जनाको मृत्यु भएको हो ।
तामाङ र गुरुङको नुवाकोटमै अन्तिम संस्कार भए पनि मधुसुदन कोइरालाको काठमाडौँ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
कावुल हिंसाका गम्भिर घाइते वर्सुन्चेत गाविसका च्याङ्वा तामाङको कावुलको मिलिटरी असपतालमा बुधबार अपरान्ह मृत्यु भएपछि नुवाकोट झनै शोकमा डुबेको छ ।
बम विष्फोटको घटनामा परि निधन भएका कल्याणपुर गाविस वडा नं. २ आमथाङका नेपाल प्रहरीका पूर्वसिपाही ४५ बर्षीय डम्बरबहादुर तामाङको विदुर नगरपालिका वडा नं. ११ घुमाउने घ्याङ र किम्ताङ गाविस वडा नं. ४ घर भइ हाल विदुर नपा–९ राइसिङमा घर बनाउने सुरसार गरिरहेका ४५ बर्षीय लीलाबहादुर गुरुङको राइसिहको डाडोमा अन्तिम संस्कार गरिएको हो ।
डम्बरलाई उनका छोरा सागर र लीलाबहादुरलाई छोरा सुब्वाले दागबत्ती दिए । यसअघि, मृतकको शवमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रि अर्जुननरसिह केसी, कांग्रेस नुवामोटा सभापति जगदीश्वरनरसिह केसी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललगायतले श्रद्धान्जलि दिए ।