युरोपियन युनियनबाट बाहिरिएला बेलायत ?

युरोपियन युनियनबाट बाहिरिएला बेलायत ?

एजेन्सी: बेलायत युरोपियन युनियनमै रहने या नरहनेबारेमा त्यहाँका जनता बिहीबार जनमत संग्रहमा भाग लिइरहकेा छन् ।

युरोपियन युनियनमै रहने या बाहिरिने भन्ने निर्णय आज जनताले जनमत संग्रहबाट लिनेछन् । सन् २००८ देखि बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको थियो ।

करिब आठ वर्षपछि जनताको आवाज सुन्दै सरकार जनमत संग्रहमा होमिएको हो । सन् २००८ मा ग्रेट ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेको थियो । त्यही कारण देशमा तीब्रगतिमा बेरोजगारी बढ्यो ।

यही कारणले बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो । यस मागलाई सन् २०१५ मा बेलायतमा भएको आमचुनावमा युनाइटेड किङ्गडम इन्डिपेन्डेन्स पार्टी (युकेआईपी) जोडदाररुपमा उठाएको थियो ।

यो दलले यदि बेलायत युरोपियन युनियनबाट बाहिरियो भने अहिले देशमा रहेका सबै किसिमका अफ्ठेरा र समस्या हाल हुने दाबी गरेको छ ।

बेलायतमै फेरि अर्को पक्षले भने यदि युरोपियन यूनियनबाट देश अलग भयो भने ठूलो झड्का लाग्ने तर्क गर्दै आएको छ ।

प्रधानमन्त्री डेभिड क्यामरन र कन्जर्भेटिभ पार्टीले पनि युरोपियन युनियनबाट बाहिरिन नहुने मान्यता राख्दै आएक छन् ।

बेलायतका नागरिकबीच पनि यो दुईपक्षीय बिचारमा मत बाझिएको छ । यसकै लागि जनमतसंग्रह गर्नु सरकारले आवश्यक ठानेको हो ।

आज भइरहेको जनमतसंग्रहमा करिब ४ करोड ६० लाख मानिसले भाग लिइरहेका छन् ।

बाहिरिँदा बेलायतलाई फाइदा
बेलायतलाई प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिनुपर्ने छैन । बेलायतको सीमामा बिना अवरोध भइरहेको आवतजावतमा लगाम लाग्नेछ ।

फ्री भिसा नीतिका कारण बेलायतलाई भइरहेको नोक्सान पनि कम हुनेछ ।

बाहिरिँदा बेलायतलाई घाटा

युरोपियन युनियनबाट बाहिरिँदा बेलायतलाई आर्थिक वृद्धिमा १ देखि ३ प्रतिशतसम्म नोक्सान हुनेछ । बेलायतका लागि सिंगल मार्केट प्रणाली समाप्त हुनेछ ।

अन्य युरोपेली देशमा बेलायतलाई व्यापारसँग जोडिने समस्या बढ्नेछ । पुरै युरोपियन युनियनमाथि भइरहेको बेलायतको दबदबा समाप्त हुनेछ ।

के हो युरोपियन युनियन?
युरोपियन युनियन २८ वटा युरोपेली देशको साझा संगठन हो । सन् १९७५ मा ६ देश (बेल्जियम, फ्रान्स, इटाली, लक्जेमबर्ग, नेदरल्यान्ड्स) रे युरोपियन युनियनको बीउ रोपेका थिए ।

सन् २०१५ सम्मको आँकडा अनुसार युरोपियन युनियनको जनसंख्या ५० करोड भन्दा धेरै रहेको छ ।

युरोपियन युनियनमा रहेका सबै देशको एउटै मुद्रा प्रचलनमा रहेको छ । ईयुमा सामेल भएका २८ वटा देशका नागरिक ती कुनै पनि देशमा बस्न सक्नेछन् । साथै व्यापार (फ्री ट्रेड) पनि गर्ने हैसियत राख्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.