यती एयरलाइन्सद्वारा सहयोग
काठमाडौं: यती एयरलाइन्सले समाजप्रति समर्पण भन्ने भावनाबाट प्रेरित भएर विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको छ।
एयरलाइन्सले बुधबार ह्याबिट्याट फर ह्युमानिटी, द युनाइटेड मिसन टु नेपाल, ब्लिंकनाउ फाउन्डेसन र वल्र्डभिजन इन्टरनेसनललाई तीन लाख ६ हजार २३ रुपैयाँको चेक हस्तान्तरण गरेको छ।
कम्पनीका अनुसार एयरलाइन्सका यात्रुले यात्रा गर्दा प्रत्येक पटक चार रुपैयाँ योगदान गरेको रकमले सहयोग सम्भव भएको हो।
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गतको सहयोगबापत एक करोड ५३ लाख नौ हजार नौ सय २० रुपैयाँ विभिन्न सामाजिक संस्थालाई वितरण गरिसकेको एयरलाइन्सले जनाएको छ।
कम्पनीले भूकम्पबाट प्रभावितका लागि आफ्नै पहलमा ४० लाख उपलब्ध गराइसकेको जनाएको छ।
साथै एयरलाइन्स भूकम्प प्रभावित क्षेत्रमा राहतका सामग्री ढुवानी गर्न र साथसाथै भूकम्प पीडितलाई आवश्यक पर्दा उद्धारमा सहयोग गर्न पनि सक्रिय रहँदै आएको जनाएको छ।