अफगानिस्तान, सिरिया, लिबिया र इराक जान रोक
काठमाडौंः काबुलमा १२ जना नेपाली युवाको सोमबार ज्यान गएपछि सरकारले द्वन्द्वग्रस्त मुलुकमा रोजगारीका लागि जान प्रतिबन्ध लगाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानसहितका द्वन्द्वग्रस्त मुलुका रोजगारीका लागि जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्त, सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अन्नपूर्ण अनलाइनलाई दिएको जानकारी अनुसार सरकारले चार अफगानिस्तान, सिरिया, लिबिया र इराकमा रोजगारीका लागि जान प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
तालिवानको आत्मघाती आक्रमणबाट सोमबार बिहान १२ नेपाली युवा मारिएपनि सरकारको यस्तो निर्णय आएको हो ।
अफगानिस्तानमा मात्रै वैधानिक र अवैधानिक दुबै बाटोबाट गएका करिब ८ हजार नेपाली रोजगाररत छन् ।