लगानी बोर्डको सीईओमा अधिकारी नियुक्त
काठमाडौंः सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नेपाल राष्ट्र बैंका पूर्व डेपुटी गर्भनर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले गरेको तीनजनाको नाममध्येबाट महाप्रसाद अधिकारी लगानी बोर्डका सीईओ बन्न सफल भएका हुन् ।
उनले लगानी बोर्डको सीईओको दौडमा बहालवाला सीईओ राधेश पन्त र सरोज कोइरालालाई पछि पारेका हुन् ।
पौडेल नेतृत्वको समितिले गत सोमबार सिईओका लागि तीनजनाको नम सिफारिस गरेको थियो ।
सिफारिस समितिमा राष्ट्रिया योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा र पूर्वसचिव केशव भट्टराई सदस्य रहेका थिए । समितिका सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारी सदस्य सचिव रहेका थिए ।
समितिबाट एक नम्बरमा सिफारिसमा परेर सीईओ बन्न सफल अधिकार राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनर हुन् । पन्त भने लगानी बोर्डमा सीईओ नै थिए । कोइराला वैकल्पिक उर्जाको क्षेत्रमा क्रियाशिल थिए ।
समितिबाट एक नम्बरमा सिफारिसमा परेर सीईओ बन्न सफल अधिकार राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनर हुन् । पन्त भने लगानी बोर्डमा सीईओ नै थिए । कोइराला वैकल्पिक उर्जाको क्षेत्रमा क्रियाशिल थिए ।