दुईजना भारतीयको नागरिकता खारेज
काठमाडौंः सरकारले फर्जी विवरण पेश गरेर नागरिकता लिएका दुईजना भारतीयको नागरिकता खारेज गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाँके र पर्साबाट नागरिकता लिएका दुई भारतीयको नागरिकता खारेज गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
मन्त्री राईका अनुसार बाँकेबाट नागरिकता लिएका भारतीय नागरिक आशिक चटर्जी र पर्साबाट नागरिकता लिएका मोहन पाण्डेको नागरिकता खारेज गर्ने निर्णय भएको हो ।
‘ती भारतीयको नागरिकता खारेजीसँगै उनीहरुलाई नागरिकता बनाउन सिफारिस गर्ने र दिनेहरुमाथि पनि छानबिन गरी कारबाही गर्ने निर्णय भएको छ’, मन्त्री राईले भने ।