काबुलमा मारिएका युवाका परिवारलाई अनुसन्धान र क्षतिपूर्तिको पहल

काबुलमा मारिएका युवाका परिवारलाई अनुसन्धान र क्षतिपूर्तिको पहल

काठमाडौं: सरकारले काबुलमा आतंकवादी आक्रमणमा मारिएका नेपालीका परिवारलाई क्यानडा र अफगानिस्तान सरकारबाट क्षतिपूर्ति उलपब्ध गराउन कूटनीतिक पहल थालेको छ।

अफगानिस्तानस्थित क्यानडेली दूतावासमा सुरक्षा गार्ड रहेका १३ नेपाली बम आक्रमणमा मारिएका थिए।परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'क्यानडा सरकारले मानवीय हिसाबले पनि मृतक नेपाली सुरक्षागार्डका परिवारलाई क्षतिपूर्ति दिनुपर्छ। यसका लागि सरकारले कूटनीतिक च्यानलबाट क्यानडा सरकारसँग कुरा गर्नेछ।'

तालिबानले आत्मघाती बम आक्रमण गर्नुअघि नेपाली सुरक्षा गार्डको सुरक्षा अवस्था कस्तो थियो, नेपाली चढेको बसलाई नै तालिबानीले किन निसाना बनाए, क्यानडेली दूतावासले किन उनीहरूलाई सार्वजनिक बसमा कार्यालय आउन भन्यो लगायतका विषयमा अनुसन्धान गर्न अफगानिस्तान र क्यानडा सरकारसँग आग्रह गरिने स्रोतले बतायो।

क्यानडास्थित नेपाली राजदूत कालीप्रसाद पोख्रेलले त्यहाँका सरकारी अधिकारीलाई नेपाली मारिएको घटनाबारे ध्यानाकर्षण गराइसकेका छन्। 'मैले काबुलमा नेपालीको हत्यापछि क्यानडा सरकारका अधिकारीसँग कुरा गरिरहेको छु,' राजदूत पोख्रेलले टेलिफोनमा अन्नपूणसँग भने। उनले क्यानडाका उपविदेशमन्त्रीलगायतका सरकारी अधिकारीसँग टेलिफोनमा कुरा गरेका थिए।

 

राजदूत पोख्रेलले परराष्ट्र मन्त्रालयलाई गराएको जानकारीअनुसार नयाँदिल्ली र काबुलस्थित क्यानडाका दूतावासले नेपाली सुरक्षा गार्ड मारिएको घटनाबारे अध्ययन गरिरहेका छन्। राजदूत पोख्रेल र इस्लामाबादस्थित कार्यबाहक नेपाली राजदूत तीर्थराज अर्याललाई मृतकका परिवारलाई क्षतिपूर्ति एवं घटनाको अनुसन्धान गरी सत्यतथ्य जानकारी गराउन क्यानडा र अफगानिस्तान सरकारसमक्ष कुरा गर्न निर्देशन दिइएको छ।

नयाँदिल्लीस्थित क्यानडेली दूतावासमार्फतसमेत सरकारले क्यानडा सरकारलाई नेपाली कामदार मारिएको घटनाबारे ध्यानाकर्षण गराइसकेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले मृतक नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गरिने बताए।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा बिहीबार परराष्ट्रमा बसेको उच्चस्तरीय बैठकले काबुलमा मारिएका नेपालीका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा छलफल गरेको थियो। बैठकले कूटनीतिक च्यानलबाट क्यानडा र अफगानिस्तान सरकारसँग मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन र घटनाबारे अनुसन्धान गर्न अनुरोध गर्ने निर्णय पनि गरेको थियो।

गृहमन्त्री शक्ति बस्नेत, पर्यटनमन्त्री आनन्द पोख्रेल, श्रममन्त्री दीपक बोहरा, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, परराष्ट्र सचिव शंकरदास बैरागीसहित परराष्ट्र, गृह, पर्यटन र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारी बैठकमा थिए।
०००
तामाङको शव आज ल्याइने
काबुल बम आक्रमणमा घाइते भई उपचारका क्रममा बुधबार मृत्यु भएका नुवाकोटका च्याङ्बा तामाङको शव शुक्रबार बिहान एयर इन्डियाको विमानबाट ल्याइने भएको छ। तामाङको शव काबुलबाट नयाँदिल्ली ल्याइसकिएको छ। 'तामाङका परिवारलाई यसबारे जानकारी गराइसकिएको छ,' प्रवक्ता पौड्यालले भने।

बम आक्रमणमा घाइते भएका मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा तथा सुर्खेतका अमृत रोकाया क्षेत्रीको उपचार नयाँदिल्लीस्थित अपोलो अस्पतालमा भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.