चीनसँग मोदीले भने, 'भारतलाई सहयोग चाहियो'

चीनसँग मोदीले भने, 'भारतलाई सहयोग चाहियो'

एजेन्सीः परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी सी जिनपिङसँग सहयोग मागेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले उक्त जानकारी दिएका छन् ।

चीनले भारतलाई उक्त समूहको सदस्यता दिने विषयमा समर्थन गरेको छैन । टर्की, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता देशले भारतलाई समर्थन नगरेको भनेर चीनले बताउँदै आएको छ । भारतले भने चीनको समर्थन आफूलाई मिलेमा ती देशको विरोधको अर्थ नरहने धारणा बनाएको छ ।

एनएसजीको सदस्यता पाउन चीनको निकै महत्व रहेको छ । मोदी संघाई सहयोग संगठन (एससिओ) को वार्षिक सम्मेलनमा भाग लिन बिहीबार यहाँ आइपुगेका हुन् ।

यसअघि पाकिस्तानका राष्ट्रपति ममनुन हुसैनले सीलाई भेटेका थिए । चीनले पाकिस्तानको पक्ष लिएको भन्दै हुसैनले सीलाई धन्यवाद दिएका थिए ।

भारतलाई एनएसजीको सदस्यता दिने विषय सोलमा आयोजना बैठकमा नराखिएको भन्दै चीनले विरोध गरेको थियो । अमेरिका, फ्रान्स जस्ता देशले भारतको पक्षमा वकालत गर्दै आएका छन् । उक्त समूहको सदस्य हुनलाई सर्वसम्मत समर्थन आवश्यक पर्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.