'नेपाललाई ईयूको सहयोग कटौती हुन सक्छ'

'नेपाललाई ईयूको सहयोग कटौती हुन सक्छ'

शंकर शर्मा, अर्थविद्
जनमतसंग्रहको परिणामअनुसार युरोपेली युनियनबाट बेलायत बाहिरिएको छ । यसले युरोपलगायत विश्वभरकै अर्थतन्त्र प्रभावित पार्ने देखिन्छ । बेलायत नेपालको पुरानो विकास साझेदार हो । बेलायतसँग दुई सय वर्षदेखि हाम्रो सम्बन्ध सुमधुर रहँदै आएको छ । बेलायत अहिलेको हाम्रो सबैभन्दा ठूलो विदेशी दातृ मुलुक हो ।

शुक्रबारको जनमतसंग्रहपछि बेलायती पाउन्डको भाउमा अचानक गिरावट आएको छ । नेपाललाई बेलायतले दिँदै आएको सहायता अबका दिनमा प्रभावित हुन्छ कि हुँदैन अहिले नै भन्न सकिने अवस्था छैन ।

युरोपेली युनियनबाट बाहिरिएपछि बेलायतको अर्थतन्त्रमा कुन हदसम्म नकारात्मक असर पर्नेछ र त्यसलाई सामना गर्न बेलायतले कस्तो नीति अख्तियार गर्छ त्यसमा धेरै कुरा निर्भर गर्नेछ । बेलायतको अर्थतन्त्र तहसनहस भयो भने उसले नेपालजस्ता मुलुकलाई दिने वैदेशिक सहायता प्रभावित हुनेछ ।

स्कटल्यान्ड र नर्दन आयरल्यान्डले बेलायतबाट अलग हुन जनमतसंग्रह गर्न चाहेका समाचारहरू आइरहेका छन् । ती बेलायती भूभागले बेलायतबाट अलग हुन चाहे बेलायतमा राजनीतिक अस्थिरता हुन सक्छ । जसका कारण बेलायतको अर्थतन्त्र थप प्रभावित हुनसक्छ । बेलायतको राजनीतिक स्थिरता र अर्थतन्त्र आगामी दिनमा कुन दिशामा जान्छन् त्यसमा नेपालसँगको विकास सहायता पनि निर्भर गर्नेछ ।

सँगसँगै बेलायतले युरोपेली युनियनमा रहेको दस प्रतिशत आर्थिक हिस्सा त्यसबाट बाहिरिएसँगै कम हुनेछ । ईयूको प्रमुख साझेदार मुलुक बेलायत भएकाले यसको तत्काल असर बेलायतलाई भन्दा ईयूलाई बढी हुने देखिन्छ ।

युरोपेली युनियनले पनि नेपाललाई सहायता दिँदै आएको छ । ईयू आर्थिक रूपमा कमजोर हुँदा आगामी दिनमा युरोपेली युनियनले नेपाललाई दिने सहयोगको मात्रा कटौती हुने देखिन्छ । (सन्तोष घिमिरेसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.