युरोपियन युनियनपछि बेलायत आफैं विभाजनको मुखमा

युरोपियन युनियनपछि बेलायत आफैं विभाजनको मुखमा

काठमाडौं: युरोपियन युनियनबाट बाहिरिने निर्णयसँगै बेलायत आफैँ बिभाजित हुने अवस्थामा पुगेको छ ।

स्क्टल्यान्डकी फर्स्ट मिनिस्टर निकोला स्टरजियोले शुक्रबार ब्रेग्जिटको पक्षमा बेलायती जनता उभिएपछि स्कटल्यान्डको स्वतन्त्रताका लागि एकपटक फेरि जनमत संग्रहतर्फ संकेत गरेपछि बेलायत विभाजित हुने अवस्था आएको हो ।

५० लाख को जनस‌ंख्या रहेको स्कटल्यान्ड ब्रेग्जिटका लागि भएको मतदानमा युरोपियन युनियनमा रहिरहनुपर्ने पक्षामा बलियोसँग उभिएको थियो ।

स्कटल्यान्डका ६२ प्रतिशत बासिन्दाले ब्रिटेनले युरोपियन युनियन छोड्न नहुने पक्षमा मतदान गरेका थिए ।

जबकि त्यहाँका ३८ प्रतिशत बासिन्दालेमात्रै ब्रिटेनले युरोपियन युनियनबाट बाहिरिनुपर्ने पक्षमा मत दिएका थिए । यसको उल्टो इङ्ल्यान्डका ५१.९ प्रतिशत बासिन्दाले ब्रेग्जिटको पक्षमा र ४८‍.१ प्रतिशतले विरोधमा मतदान गरेका थिए ।

'स्कटल्यान्डका बसिन्दाले ईयूमा रहिरहने पक्षमा मतदान गरे । तर, उनीहरुले पनि बाध्य भएर युरोपियन युनियनबाट अलग हुनुपरेको छ', स्कटल्यान्डको राजधानी एडिनबर्गमा एक पत्रकार सम्मेलनमा सटरजियोनले भनिन्, 'लोकतान्त्रिक प्रक्रियामा यसलाई स्वीकार्न सकिन्न । मलाई लाग्छ अब ब्रिटेनबाट स्कटल्यान्डले स्वतन्त्र हुनका लागि जनमत संग्रहमा जानुपर्छ ।'

 

यदि स्कटल्यान्डको स्वतन्त्रताका लागि जनमत संग्रह भयो भने इङ्ल्यान्डसँग उसको ३ सय वर्ष पुरानो सम्बन्ध समाप्त हुने खतरा बढ्दै गएको छ । यस्तो हुन गयो भने ईयूबाट बाहिरिएर ईयू जस्तै संरचना बनाउने तयारीमा लागेको ग्रेट ब्रिटेनका लागि ठूलो झट्का मानिनेछ ।

सन् २०१४ मा स्वतन्त्रतका लागि भएको जनमत संग्रहमा ५५ प्रतिशत स्कटिस जनताले ब्रिटेनमै रहने निर्णय गरेका थिए । त्यसको विपक्षमा ४५ प्रतिशत जनता उभिएका थिए ।

त्यो बेला स्कटल्यान्डको स्वतन्त्रताका लागि भएको जनमतमा युरोपियन युनियनमा रहिरहने मुद्दा पनि उठेको थियो । स्कटल्यान्डका लागि त्यो बेला ब्रिटेनबाट स्वतन्त्र भएमा २८ देश रहेको युरोपियन युनियनको सदस्यता पाउन सक्ने सम्भावना कम थियो ।

स्टरजियोनले त्यो बेला युरोपियन युनियनको सदस्यता मिल्न सक्ने सम्भावना नरहेकाले अधिकांश स्कटिस जनता ब्रिटेनमै रहने पक्षमा उभिएको पनि प्रष्ट पारेकी छन् । उनले अब फेरि आफूहरुको त्यो निर्णयमा पुनर्निवचार गर्ने बताएकी छन् ।

के हो ब्रिटेन र स्कटल्यान्डको मामिला
इङ्गल्यान्ड, स्कटल्यान्ड र वेल्सको संघलाई ग्रेट ब्रिटेन भनिन्छ । तीनैवटा अलग अलग प्रान्त हुन् । तीनैवटा आफ्नो संसद छ । तर विदेश नीति र सुरक्षा जस्ता मुद्दाको फैसला भने ब्रिटेनको संघीय संसदले गर्छ ।

यहाँसम्म कि स्कटल्यान्डको राष्ट्रिय झन्डा पनि आफ्नै रहेको छ । राजस्वको बाँडफाँटका अलाब ग्रेट ब्रिटेन (इङ्गल्यान्ड, वेल्स र स्कटल्यान्ड) का प्रान्तबीच पनि विदेश नीतिलाई लिएर विवाद चल्दै आएको छ ।

१ मे १७०७ मा स्कटल्यान्ड र इङ्गल्यान्डबीच संयुक्त अधिराज्यमा सामेल हुने कुरामा सम्झौता भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.