रोनाल्डोविरुद्ध क्रोएसिया

रोनाल्डोविरुद्ध क्रोएसिया

पेरिस: युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार बिहान हुने क्वार्टरफाइनलको अर्को महत्वपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले क्रोएसियाको सामना गर्दैछ।

राजधानी पेरिसबाट टाढाको दूरीमा रहेको लेन्स अगग्लोस्थित स्टेडियममा हुने खेल नेपाली समयअनुसार पौने १ बजेपछि सुरु हुनेछ। यो खेलको विशेषता स्टार खेलाडीविरुद्ध टिम हुनेछ। आर्थत् यो खेलमा रोनाल्डोविरुद्ध क्रोएसियाले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको समूहगत चरणमा क्रोएसियाले टिमका रूपमा प्रतिस्पर्धा गर्दै आइरहेको छ। पोर्चुगल भने रोनाल्डोकै प्रदर्शनमा प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको हो। समूह चरणको पहिलो दुई खेलमा पोर्चुगल जितविहीन रह्यो।

पोर्चुगल पहिलोपटक ठूलो प्रतियोगिता खेलिरहेको आइसल्यान्ड १-१ तथा अस्ट्रियासँग गोलरहित बराबरी खेलेको थियो। त्यसपछि निर्णायक खेलमा रोनाल्डोले नै दुई आकर्षक गोल गरेपछि हंगेरीलाई ३-३ को बराबरीमै रोक्दै पोर्चुगल तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट ठहरिँदै प्रतियोगिताको अन्तिम १६ मा पुगेको हो। त्यसको तुलनामा क्रोएसियाको यात्रा भने निकै सहज रह्यो।

चेक रिपब्लिकसँग २-२ गोलको बराबरीमा रोकिएको क्रोएसिया टर्कीलाई १-० तथा साविक विजेता स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै समूह 'डी'को विजेताका रूपमा प्रिक्वार्टरफाइनलमा पुगेको हो।

 

प्रतियोगिताको समूह चरणको प्रदर्शनले पोर्चुगलविरुद्ध क्रोएसिया नै हावी हुने देखिन्छ। यद्यपि यी दुई टोलीबीचको विगतको प्रदर्शनमा भने पोर्चुगलले निकै दरिलो प्रदर्शन गरेको छ।

पोर्चुगलले अहिलेसम्म क्रोएसियासँग पराजय बेहोरेको छैन। पराजय हैन, पोर्चुगलले क्रोएसियाविरुद्ध गोलसमेत बेहोरेको छैन। हालसम्म भएका तीन खेलमध्ये तीनैमा पोर्चुगलले जित हात पारेको छ। र, ती जितमा पोर्चुगलले क्रोएसियाविरुद्ध ६ गोल गरेको छ।

पोर्चुगलविरुद्धको खेलअघि क्रोएसियालाई आफ्ना महत्वपूर्ण मिडफिल्डर लुका मोइड्रिचको चोटले सताएको छ। चोटकै कारण स्पेनविरुद्धको खेलमा अनुपस्थित रहेका मोइड्रिड पोर्चुगलविरुद्ध पनि खेल्ने सम्भावना कम छ।

पोर्चुगललाई खेलाडीको चोटको समस्या छैन। यद्यपि हालै चोटबाट मुक्त हुँदै टोलीमा फर्किएका मिडफिल्डर एन्द्रे गोमेज र रक्षक राफेल गुइरेइरोले खेल्नसक्ने नसक्ने पक्का भइसकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.