सेनाले दुई सातामै बनायो भूकम्पपीडितका घर

सेनाले दुई सातामै बनायो भूकम्पपीडितका घर

बुधसिंह, नुवाकोटः १४ महिना अघिको विनासकारी भुकम्पको पीडामा रहेका घरविहीन भूकम्पपीडितलाई नुवाकोटमा नेपाली सेनाको सक्रियतामा तीन स्थानमा सामुदायिक भवनको निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । भवन निर्माणको जिम्मा पाएको नेपाली सेनाका तीन सय जना जवान दैनिक रुपमा खटिएका थिए ।

नेपाली सेनाले निर्माण सुरु गरेको १५ दिनको अवधिमा वुधसिंह, थानसिंह र ओखरपौवा गाविसमा सामुदायिक भवनको निर्माण गरेर भूकम्पपीडित समुदायलाई हस्तान्तरण भएको सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले जानकारी दिए ।

उनका अनुसार वसुन्चेत गाविसमा तीन दिनभित्र सामुदायिक भवनको निर्माण सम्पन्न हुने क्रममा रहेका छन् ।

१४ महिना अगाडिको विनासकारी भूकम्पपीडितका लागि सामुहिक आवासको अवधारणा अनुसार नेपाली सेनाले निर्माण गरेर छोटो अवधिमै समुदायलाई उपलव्ध गएको हो ।

भूकम्पबाट विस्थापित भएका पीडितहरुलाई आवासको व्यवस्था गर्न नुवाकोट र रसुवा जिल्लामा नेपाली सेनाले सामूहिक आवासको निर्माण कार्यलाई तीव्ररुपमा अगाडि बढाएको हो ।

आगामी केही समयभित्रै विस्थापितलाई बसोवास व्यवस्थापन गर्न सेनाका जनशक्ति अहोरात्र सामूहिक भवन निर्माणमा खटिरहेका छन् । आवासको निर्माणको साथै महिला र पुरुषक लागि छुट्टाछुट्टै शौचालय, स्नानगृहसमेत निर्माण गरेका छन् ।

भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्दै गरेको सामूहिक आवासबाट नुवाकोट र हिमाली जिल्ला रसुवा क्षेत्रमा बस्ने विस्थापित परिवारले सुरक्षित बसोवास गर्न पाउने आशा राख्दै खुसी व्यक्त गरेका छन् ।

यसबाट भूकम्पपीडित परिवार खुसी भएको जिल्ला दैवी प्रकोप उद्धार तथा विपद व्यवस्थापन समितिका अध्यक्ष तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले वताए ।

नुवाकोटमा सेनाले सात, समुदायले एक र ठेक्कामार्फत निर्माण व्यवसायीले दुई स्थानमा सामुदायिक भवनको निर्माण कार्य भइरहेको छ । उपभोक्ता र निर्माण व्यवसायीले निर्माण गरेका सामुदायिक भवनको निर्माण कार्य समयमै सम्पन्न नहुने भएका छन् ।

वर्षात्मा भूकम्पपीडितहरुललाई बस्नका लागि धमाधम सामुदायिक भवनहरु निर्माण भइरहेको छ । नुवाकोटका विभिन्न स्थानमा वर्षात् अगावै चारवटा आधुनिक सामुदायिक भवन निर्माण गरी हस्तान्तरण गर्ने उद्धेश्यले नेपाली सेनाले आफैं खटिएर भवन निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेको हो ।

सेनाले वुधसिंह, थानसिह र ओखरपौवा गाविसमा २३-२३ लाख रुपैया लागतको सामुदायिक भवन निर्माण कार्य सम्पन्न गरेको छ । ती भवनहरु आठ घरपरिवारका लागि निर्माण गरिएका हुन् ।


बुधसिंहमा आठ परिवारका लागि निर्माण गरिएको सामुहिक आवास भवन सेनाको नं. ६ बाहिनी बैरेनीका बाहिनीपति सहायक रथी ज्योतिन्द्रबहादुर खत्रीले स्थानीय समुदायलाई हस्तान्तरण गरे । उनले नेपाली जनताको पीरमर्का र दुःखमा सदैब नेपाली सेनाले साथ दिने बताए ।

यसका साथै थानसिह गाविसको मकैचौरमा निर्माण गरिएको सामुदायिक आवास भवन सैन्य तालिम केन्द्र मैथलीका केन्द्रपति महासेनानी रामकृष्ण थापाले हस्तान्तरण गरे ।

ओखरपौवा गाविसको कागतीगाउंमा निर्मित समुदायिक आवास भवनको सेनाको श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले हस्तान्तरण गरे ।

गत २०७२ साल वैशाख १२ गतेको विनासारी भुकम्पको पीडामा रहेका घरविहीन सर्वसाधारणलाई वर्षात् अगावै सामुदायिक भवन निर्माण गरी त्यसमा स्थानान्तरण गर्ने उद्धेश्यले नुवाकोटका सात स्थानमा नेपाली सेनाले सामुदायिक भवन निर्माण कार्य गरेको हो ।

सातमध्ये चार स्थानमा जग्गा प्राप्त भई तीन स्थानम सामुदायिक भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

दुर्गम बर्सुन्चेतमा भने तीन दिनमा भवनको निर्माण कार्य सकिने जनाइएको छ । तीन स्थानमा समयमै जग्गा प्राप्त नहुँदा निर्माण कार्य ढिलाई हुने भएको छ ।

सरकारले घरवार विहीन र पालमै अस्थायी रुपमा वस्दै आएका भूकम्पपीडितहरुलाई वर्षात् अगावै सामुदायिक भवनमा स्थानान्तरण गर्ने योजना अनुरुप जिल्ला दैवी प्रकोप उद्धार तथा विपद व्यवस्थापन समितिको निर्णय अनुसार नुवाकोटका विभिन्न स्थानमा सामुदायिक भवनको निर्माण कार्य गरिएको छ ।

पहिलो चरणमा नेपाली सेनाको श्रीनाथ गणले वर्सुन्चेत, वुधसिह, थानसिह, ओखरपौवामा सामुदायिक भवन निर्माण सुरु गरेकोमा तीन स्थानमा सम्पन्न भएर हस्तान्तरण गरिएको छ ।

सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गरेर विशेष कार्यक्रम गरि समुदायलाई हस्तान्तरण गर्ने सेनाको योजना रहेको छ । चार स्थानका सामुदायिक भवन निर्माण गर्न तीनसय जना नेपाली सेना दैनिक खटिएको श्रीनाथ गण नुवाकोटका गणपति प्रमुख सेनानी रोहित गुरुङले वताए ।

 

 

सेनाका सेनानीको नेतृत्वमा सामुदायिक भवन निर्माण कार्य गरिएको छ । सेनाले १० देखि १५ घरपरिवार अट्ने सामुदायिक भवनको निर्माण गरिरहेको शहरी तथा भवन निर्माण कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटको सदरमुकाम विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको दुर्गम वर्सुन्चेत गाविस वडा नं. १ मेघाङचौरमा नेपाली सेनाका सेनानी मोहनकाजी श्रेष्ठको नेतृत्वमा ६३ जनाको सेनाले सामुदायिक भवन निर्माण कार्य गरिरहेको छ ।

तीन दिनभित्र ३४ लाख रुपैयाँको लागतमा १२ घरपरिवारका लागि सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ ।

नेपाली सेनाको उक्त कार्यलाई स्थानीयवासीले सकारात्मक रुपमा सहयोग गरिरहेका छन् । फलाम, जस्तापाता, प्लाइउड, सिमेन्ट, वालुवा प्रयोग गरेर एकैस्थानमा आठ र चार कोठे दुई वटा भवन निर्माण भइरहेका छन् ।

सेनाको सामुदायिक भवन निर्माणले भूकम्पपीडितहरुलाई सुविधा पुगेको स्थानीय बृद्ध हस्तबहादुर घलेले बताए । उनले सामुदायिकरुपमा घर नभएका भूकम्पपीडित सामुदायिक भवनमा बसेर आयआर्जनका लागि सीपमुलक तालिममा लगाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.