क्योकुसिन बुदोकाईमा ओमराज र सुस्मी बिजेता

क्योकुसिन बुदोकाईमा ओमराज र सुस्मी बिजेता

काठमाडौंः यहाँ सम्पन्न अल नेपाल क्योकुसिन बुदोकाई कराते च्याम्पियनसिपमा खुलातर्फ ओमराज पुन र महिलातर्फ सुस्मी श्रेष्ठ प्रथम भएका छन् ।

पुरुषतर्फ ३०, ४०, ५०, ६० किलो र खुला तौलसमूहका र महिलातर्फ ४०, ५० र खुला तौलसमूहका खेलाडी सहभागी भएको यो प्रतियोगितमा दशरथ रंगशालामा भएको थियो ।

काठमाडौं, ललिपुर, कास्की, स्याङ्गजा, कैलाली, रुकुम, कञ्चनपुर, सर्लाही र धनुषासहितका जिल्लाबाट ९२ जनामा खेलाडी सहभागी प्रतियोगितामा पुरुष ३० किलोमा इन्द्रबहादुर थापा प्रथम भएका छन् ।

प्रतियोगितका उत्कृष्ट खेलाडीमा रोचक सेट्ठी र पवित्रा चौधरी घोषित भएका संघका संस्थापक तथा प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले बताए ।

त्यसैगरी ४० किलोमा राजुकुमार यादव, ५० किलोमा रितिक मागिया र ६० किलोमा गणेश अधिकारी प्रथम भएका थिए । खुल्ला तौल समुहमा ओमराज पुन प्रथम हुँदा नेपाल प्रहरीका नरेश चौधरी द्धितिय भएका छन्

 

महिलातर्फ ४० किलोमा एलिसा बराल र ५० किलोमा अम्विका जिसी प्रथम हुँदा खुल्ला तौल समुहमा सुस्मी श्रेष्ठ प्रथम र मञ्जु विक द्धितिय भए ।

विजेता खेलाडीहरुलाई क्योकुसिन करातेका संस्थापक जगतप्रसाद गौचनसहितका अतिथिहरुले पुरस्कार प्रदान गरेका सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.